मन्त्री यादवद्वारा विवाह भवनको उद्घाटन

काठमाडौँ । खानेपानी मन्त्री प्रदीप यादवले नवनिर्मित विवाह भवनको उद्घाटन गरेका छन् । वीरगन्ज महानगरपालिका–१४, बहुअरीमा नवनिर्मित मुस्लिम समुदायको सांस्कृतिक, धार्मिक र सामाजिक आवश्यकताहरूलाई मध्यनजर गर्दै निर्माण विवाह भवनको खानेपानी मन्त्री प्रदीप यादवले उद्घाटन गरेका हुन् ।
उद्घाटन समारोहमा भवनको महत्त्व र उद्देश्यबारे बोल्दै मन्त्री यादवले भवन केवल इँटा र सिमेन्टको संरचना मात्र नभएर यहाँको समुदायका लागि एक अवसर र आशा भएको बताए । उनले भने, ‘यस भवनले मुस्लिम समुदायका सांस्कृतिक गतिविधिहरूलाई प्रोत्साहन गर्दै, उनीहरूको सामाजिक संलग्नता र एकतालाई अझ सुदृढ बनाउनेछ । भवनमार्फत समुदायको विशेषता झल्काउन र यहाँको संस्कृति तथा परम्परालाई संरक्षण गर्न महत्त्वपूर्ण योगदान दिनेछ ।’
वीरगन्ज महानगरपालिकाका मेयर राजेशमान सिंहले महानगरको प्रतिबद्धता र उद्देश्यलाई स्पष्ट पार्दै भने, ‘महानगरपालिकाको विकास नीति सबै समुदाय र वर्गका लागि समान रूपमा लाभदायक हुने गरी भवन तयार पारिएको छ । हामी यहाँको विविध समुदायका आवश्यकता र इच्छाहरूलाई सम्बोधन गर्न निरन्तर प्रयासरत छौँ ।’
वीरगन्जमा मुस्लिम समुदायको विवाहका लागि भवन निर्माण गरिएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दुःखको घडीमा भारत सरकार र भारतीय जनताको पक्षमा नेपाल उभिएको छ : परराष्ट्रमन्त्री
-
सरकारलाई असफल बनाएर पठाउने छुट कसैलाई छैन : साउद
-
साँफेहाटबजार आगलागीबाट प्रभावितलाई प्रदेश सरकारद्वारा १० लाख सहयोग घोषणा
-
अछाम साँफेबगर हाटबजारमा आगलागी, ३ करोडभन्दा बढीको क्षति
-
दाइलाई भित्री वस्त्रमा हिँडेको देखेपछि पत्नीको हत्या
-
रिमालको ‘आमाको सपना’मा ‘त्यो’ आउनुको तात्पर्य