शुक्रबार, १६ कात्तिक २०८१
ताजा लोकप्रिय

विभिन्न जिल्लामा सवारी दुर्घटना, पाँच जनाको मृत्यु

शुक्रबार, १६ कात्तिक २०८१, १७ : ०९
शुक्रबार, १६ कात्तिक २०८१

काठमाडौँ । विभिन्न जिल्लामा सवारी दुर्घटनामा परेर ५ जनाको मृत्यु भएको छ । बाँके, काभ्रे, पाल्पा, चितवन लगायतका जिल्लामा सवारी दुर्घटनामा परेर ५ जनाको मृत्यु भएको हो ।

बाँकेको नेपालगञ्ज उपमहानगरपालिका–१ पुष्पलाल चोक नजिक भे.३ प २४३० नम्बरको मोटरसाइकल भे.१ ख २२३० नम्बरको बससँग ठक्कर खाई बिहीबार दिउँसो दुर्घटना हुँदा मोटरसाइकल चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा  सोही उपमहानगरपालिका–१८ भुजगाउँ बस्ने ३० वर्षीय जितराम शाह रहेका छन् । 

दुर्घटनामा गम्भीर घाइते भएका उनको नर्सिङहोम नेपालगञ्जमा उपचारको क्रममा मृत्यु भएको हो । उक्त स्थानमा मोटरसाइकलले बसलाई ओभरट्याक गर्ने क्रममा मोटरसाइकल बसमा ठक्कर खाँदा बस अनियन्त्रित भई ने.१.ह १९८१ नम्बरको ई–रिक्सासँग ठोक्किएर दुर्घटना भएको थियो । 

साथै दुर्घटनामा घाइते भएका ईं-रिक्सा चालक र ई–रिक्सामा सवार अन्य २ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ । बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।  त्यस्तै काभ्रेको भुम्लु गाउँपालिका– १० स्थित सडकमा जिरो किलोबाट दोलालघाटतर्फ जाँदै गरेको बा.प्र.०२–०२५ प ८७७६ नम्बरको स्कुटर अनियन्त्रित भई बिहीबार दिउँसो दुर्घटना हुँदा चालक पाँचखाल नगरपालिका–२ बस्ने २२ वर्षीय विशाल चौलागाईको मृत्यु भएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको धुलिखेल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका स्कुटरमा सवार १ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ ।  उता पाल्पाको माथागढी गाउँपालिका–२ फेदी भन्ने स्थानमा लु–२ ख १४५ नम्बरको ट्रकको ठक्करबाट पैदलयात्री सोही ठाउँ बस्ने ५३ वर्षीय टेकबहादुर ढेगाको बिहीबार बेलुकी मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएका उनको लुम्बिनी मेडिकल कलेज प्रभास पाल्पामा उपचारको क्रममा मृत्यु भएको हो । ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । 

यता चितवनको भरतपुर महानगरपालिका–२२ अम्रेलास्टेट नजिक बा.प्र.०२–०५१ प १०२१ नम्बरको मोटरसाइकल अनियन्त्रित भई गए राति दुर्घटना हुँदा चालक सोही महानगरपालिका–२२ बस्ने ३१ वर्षीय अशोक भुजेलको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको नयाँ मेडिकल कलेज भरतपुरमा उपचारको क्रममा मृत्यु भएको हो । 

त्यसैगरी नुवाकोटको लिखु गाउँपालिका–६ दोबाटेस्थित सडकमा बा।६२ प २८७९ नम्बरको मोटरसाइकल बा–५ ख ७०१६ नम्बरको ट्रकसँग ठक्कर खाई बिहीबार बेलुकी दुर्घटना हुँदा मोटरसाइकलमा सवार तादी गाउँपालिका–३ बस्ने ३६ वर्षीय बिनोद चौलागाई मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको ग्रिनसिटी अस्पताल काठमाडौंमा उपचारको क्रममा मृत्यु भएको हो ।

उक्त स्थानमा मोटरसाइकलले पैदल यात्रीलाई ठक्कर दिँदा मोटरसाइकल अनियन्त्रित भई ट्रकमा ठक्कर खाँदा दुर्घटना भएको थियो । साथै दुर्घटनामा घाइते भएका मोटरसाइकल चालक र र पैदलयात्रीको सोही अस्पतालमा उपचार भइरहेको छ । ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।  दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान भैरहेको जानकारी दिएको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप