जुवातास खेलिरहेको अवस्थामा ४५ जना पक्राउ

काठमाडौँ । विभिन्न जिल्लामा जुवातास खेलिरहेको अवस्थामा ४५ जना पक्राउ परेका छन् । मोरङ र डडेल्धुरा जुवातास खेलिरहेको अवस्थामा ४५ जना पक्राउ परेका हुन् । मोरङको बिराटनगर महानगरपालिका–१७ दरैयामा जुवातास खेलिरहेको अवस्थामा सोही महानगरपालिका–१६ बस्ने ३५ वर्षीय हरेराम चौधरी समेत १७ जनालाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ ।
इलाका प्रहरी कार्यालय रानीबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ६० हजार रूपैयाँ र २ बुक सहित पक्राउ गरेको हो । त्यस्तै डडेल्धुराको गन्यापधुरा गाउँपालिका–३ गोयलखेत बस्ने ३२ वर्षीय दिपक देउवाको घरमा जुवातास खेलिरहेको अवस्थामा दिपक समेत २८ जनालाई गए राति प्रहरीले पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय डडेल्धुराबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ४ लाख ४१ हजार ८ सय ६९ रूपैयाँ र १६ बुक ताससहित पक्राउ गरेको हो । पक्राउ परेकाहरुमाथि प्रहरीले आवश्यक अनुसन्धान भैरहेको जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वैशाख ७ गते निषेधित क्षेत्रमा प्रदर्शन गर्ने राप्रपाको निर्णय
-
रास्वपाको केन्द्रीय समिति बैठक वनस्थलीमा जारी
-
तनहुँमा मोटरसाइकल दुर्घटना, एक जनाको मृत्यु
-
डिभोर्सको विषय बाहिरिएपछि सुटुक्क अमेरिका उडिन् अरुणिमा
-
अर्घाखाँचीका किसानलाई मौरी वितरण
-
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण गर्दा १४ अर्ब भ्रष्टाचार भएको संसदीय छानबिन उपसमितिको निष्कर्ष