नेपाल हङकङ सिक्सेसको क्वार्टरफाइनलमा प्रवेश
शुक्रबार, १६ कात्तिक २०८१, १५ : ५८
![नेपाल हङकङ सिक्सेसको क्वार्टरफाइनलमा प्रवेश](https://npcdn.ratopati.com/media/news/ccc_6B1woANjdW.jpg)
काठमाडौँ । नेपाल हङकङ सिक्सेस क्रिकेटको क्वार्टरफाइनलमा प्रवेश गरेको छ । हङकङमा जारी द हङकङ सिक्सेस प्रतियोगितामा नेपाल एक खेल अघि क्वार्टरफाइनल प्रवेश गरेको हो ।
समूह बी अन्तर्गत अष्ट्रेलियाले इंगल्याण्डलाई पराजित गरेपछि नेपाल समूहको अन्तिम खेलअघि क्वार्टरफाइनलमा प्रवेश भएको छ ।
अष्ट्रेलियाले दिएको १४८ रनको लक्ष्य पछ्याएको इङ्ग्ल्याण्डले निर्धारित ६ ओभरमा ११३ रन बनायो ।
यसअघि शुक्रबार बिहान भएको खेलमा नेपालले इङ्ग्ल्याण्डलाई ६ विकेटले पराजित गरेको थियो । इंगल्याण्ड लगातार दुई खेल हार्दै समूह चरणबाटै बाहिरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पशुपति क्षेत्रमा महाशिवरात्रिको तयारी
-
उपेन्द्रलक्षित प्रचण्डको टिप्पणी- मुद्दा नै छोडेर खाली सरकारको निम्ति जानुहुन्छ जस्तो मलाई लाग्दैन
-
ममता कुलकर्णीमाथि प्रश्न उठाउने हिमाङ्गी सखीमाथि आक्रमण
-
लागू भयो अमेरिकामाथि चीनको ‘टिट–फ–ट्याट’ अतिरिक्त महसुल
-
सिटिजन लाइफ इन्स्योरेन्सको नाफा ८६ प्रतिशतले बढ्यो
-
वैकल्पिक राजनीतिका जन्मदाता उज्ज्वल थापाको सम्झना