जापानमा साइकल चलाउँदा मोबाइल प्रयोग गर्नेलाई ६ महिना जेल सजाय हुने
शुक्रबार, १६ कात्तिक २०८१, १५ : ४८

टोकियो । जापानमा साइकल चलाउँदा मोबाइल प्रयोग गर्न निषेध गरिएको छ । यो नियम शुक्रबारदेखि लागु भएको हो ।
साइकल चलाउँदा मोबाइल प्रयोग गरेको पाइएमा अधिकतम ६ महिना जेल सजाय हुने प्रावधान जापानले लागु गरेको हो । जापानको संशोधित सडक कानुन अनुसार साइकल चलाएको अवस्थामा मोबाइल प्रयोग गरेको पाइएमा अधिकतम ६ महिना जेल वा एक लाख येन (जापानी मुद्रा) जरिवाना हुने छ ।
जापानी सञ्चारमाध्यमका अनुसार कोभिड महामारीका क्रममा जापानमा सार्वजनिक सवारी साधन प्रयोगकर्ताको संख्या घट्नुका साथै साइकल प्रयोगकर्ता बढेका थिए ।
पछिल्लो समय जापानमा साइकल चालकसँग सम्बन्धित दुर्घटना बढेका कारण पनि नयाँ नियम बनाइएको जापानी सञ्चारमाध्यमले जनाएका छन् ।
संशोधित कानुन अनुसार मदिरा सेवन गरेर साइकल चलाएको पाइएमा तीन वर्षसम्म जेल र पाँच लाख येन जरिवाना हुने छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बसाइँसराइले बरेङमा बस्ती सुनसान
-
चेतनाको अभाव र भौगोलिक विकटताले घरमै हुन्छन् सुत्केरी
-
देशमा पश्चिमी वायुको प्रभाव कायमै, यी तीन प्रदेशमा चट्याङसहित वर्षाको सम्भावना
-
महाशिवरात्रि नजिकिंदा मिथिला महाकुम्भ यात्राको तयारी
-
महाशक्तिशाली पोप फ्रान्सिसको अवस्था क्रिटिकल
-
हमासले मुक्त गरेका ६ बन्धक परिवार भेट्दै