कारले २ वटा स्कुटरलाई ठक्कर दिँदा ५ जना घाइते

हेटौंडा । हेटौंडामा कारले २ वटा स्कुटरलाई ठक्कर दिँदा ५ जना घाइते भएका छन् । हेटौंडा उपमहानगरपालिका–५ सानोपोखरा चोकमा कारले २ वटा स्कुटरलाई ठक्कर दिँदा ५ जना घाइते भएका हुन् ।
चौघडाबाट हेटौंडाबजार तर्फ आउँदै गरेको बा१३च २००७ नम्बरको कारले सोही दिशा तर्फबाट आउँदै गरेको ना ६४ प २८३६ नम्बरको स्कुटर, बा.प्र–०३–००४६ प ०२५७ नम्बरको स्कुटर र पैदल यात्री समेतलाई ठक्कर दिएको थियो ।
शुक्रबार दिउँसो १ः४५ बजेको समयमा सानोपोखरा चोकमा उक्त कारले २ स्कुटरसहित पैदल यात्री बारा कोल्बी–१ बस्ने २३ वर्षीय दिप नारायण चौधरीलाई ठक्कर दिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरीले नायव उपरीक्षक श्यामु अर्यालले जानकारी दिए । उनका अनुसार दुर्घटनामा ना६४प २८३६ को चालक हेटौंडा–५ बस्ने ३० वर्षीय नारायण तिमल्सिना, स्कुटर पछाडि सवार २७ वर्षीया अस्मिता सापकोटा, कारमा सवार गोडाइता–५ २८ वर्षीय रन्जित कुमारी शाह, उनको ३ वर्षीय छोरा कुशल रौनियार घाइते भएका छन् ।
घाइतेहरुको हेटौंडा अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता अर्यालले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘राजनीतिक विवेक राख्नेले वर्तमान सरकार बिचौलियाको हो भनेर स्वीकार गरिसके’
-
दुई अर्बको सिमेन्ट भारत निर्यात
-
इलाममा जेठी सासूको हत्या गरेको आरोपमा ज्वाइँ पक्राउ
-
हामीसँग अहिले बन्दुक छैन, प्रचारमार्फत नै बुर्जुवाहरूसँग लड्नुपर्छ : अध्यक्ष दाहाल
-
गरिबी, असमानता र शोषणविरुद्धको संघर्ष विश्वव्यापी रूपमा अगाडि बढाउनुपर्छ : उपेन्द्र यादव
-
भाडाको घरमा बस्दा वास्तुबारे के–के ख्याल गर्नुपर्छ ?