अमेरिकामा पहिलो पटक सुँगुरमा बर्ड फ्लू पुष्टि
शुक्रबार, १६ कात्तिक २०८१, १५ : २६

वासिङटन डीसी । अमेरिकामा पहिलो पटक सुँगुरमा ‘एच५एन१ बर्ड फ्लू’ देखिएको छ । त्यहाँको कृषि मन्त्रालय (युएसडीए)ले बताएअनुसरा पहिलो पटक अमेरिकामा सुँगुरमा ‘एच५एन१ बर्ड फ्लू’ पुष्टि भएको छ । यस भाइरसलाई थप फैलिन नदिन भाइरस संक्रमित सुँगुर भेटिएको फार्मलाई क्वारेन्टाइन गरिएको छ ।
भेडा र बाख्रा समेत अन्य फार्मका जनावरहरूको पनि अनुगमन भइरहेको यूएसडीएले भनेको छ । चिनियाँ समाचार संस्था सिन्ह्वाले छापेको समाचारका अनुसार ओरेगनको कृषि विभागले गत शुक्रबार राज्यको एउटा फार्ममा सुँगुरमा बर्ड फ्लुको पहिलो मामिला भेटाएको थियो ।
यूएसडीएको राष्ट्रिय पशु चिकित्सा सेवाको प्रयोगशालाहरूले मंगलबार फार्ममा पाँच मध्ये एक सुँगुर बर्ड फ्लुबाट संक्रमित भएको पुष्टि गरेको थियो । अमेरिकामा सुँगुरमा बर्ड फ्लु देखिएको यो पहिलो पटक हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दाङमा चलचित्र निर्माण कार्याशाला हुने
-
छैटौँपटक शल्यक्रिया गराएपछि अस्पतालको शय्याबाट एक घाइते क्रिकेटरको बिलौना
-
चट्याङसहितको वर्षा पूर्वतिर सर्दै, सतर्क रहन आग्रह
-
संसद्मा पेस हुने चलचित्र विधेयकमा के छ ?
-
शिक्षकहरूको आन्दोलन नरोकिए कक्षा १२ को परीक्षा रोकिने
-
२५ करोड प्रकरण : ट्रक चालक लामा पुर्पक्षका लागि कारागार चलान