कमला ह्यारिसको लस भेगासमा आयोजित र्यालीमा जेनिफर लोपेजले के भनिन् ?

वासिङटन डीसी । अमेरिकामा नोभेम्बर ५ मा हुन लागेको राष्ट्रपतिको निर्वाचनको तयारी तीव्र चलिरहेको छ । यसैबिच डेमोक्रेटिक पार्टीकी उम्मेदवार कमला ह्यारिसले लस भेगासमा आफ्नो चुनावी र्याली गरेकी थिइन् । यस क्रममा आफ्नो सम्बोधनमा वर्तमान उपराष्ट्रपति समेत रहेकी ह्यारिसले अमेरिका डोनल्ड ट्रम्पले सिर्जना गरेको विभाजनबाट थकित भएको बताइन् ।
‘हामी कठिन सङ्घर्षबाट डराउँदैनौँ र जित्नेछौँ,’ र्यालीलाई सम्बोधन गर्दै कमला ह्यारिसले भनिन् । आफूले जिते भने हरेक दिन आफ्नो ध्यान अमेरिकी अर्थतन्त्रमा ध्यान केन्द्रित हुने पनि उनले बताइन् । ह्यारिसका अनुसार न्यूनतम पारिश्रमिक बढाउनेछिन् र काम गर्ने मानिसहरूका लागि लड्नेछिन्।
कमला ह्यारिसको लस भेगासको र्यालीमा प्रसिद्ध अमेरिकी गायिका जेनिफर लोपेज पनि सहभागी भएकी थिइन् । कमला ह्यारिसको स्टेजमा जेनिफर लोपेज उपस्थित थिइन् । ‘मैले अहिलेसम्म भाग लिएको यो सबैभन्दा महत्त्वपूर्ण फोरम हो,’ लोपेजले भनिन् । आफूले महिलाको शक्तिमा विश्वास गर्ने र महिलासँग चुनावमा परिवर्तन ल्याउने तागत भएको पनि उनले बताइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘मलाई धर्म परिवर्तन गर्न कहिल्यै दबाब दिइएन’
-
निर्देशक रामगोपाल वर्माविरुद्ध अर्को उजुरी दर्ता, धार्मिक भावनामा चोट पुर्याएको आरोप
-
अझै समस्यामा समय, ‘इन्डियाज गट लेटेन्ट’ का सबै प्यानलहरूलाई बोलाइयो
-
तीव्र हावाहुरीले उत्तरी चीन प्रभावित, सयौँ उडान रद्द, पार्क र रेल सेवा स्थगित
-
शिक्षकहरूको आन्दोलन ११ औँ दिनमा : माइतीघर–बबरमहल क्षेत्रमा प्रदर्शन
-
मनकुमार तामाङ