उपप्रधानमन्त्री सिंहको आक्रोश– फेसबुकमा कसैले लेख्दियो भन्दैमा त्यसैको पछि कुद्ने ?

काठमाडौँ । उपप्रधानमन्त्री एवं सहरी विकास मन्त्री प्रकाशमान सिंहले विधिको शासनका लागि ज्यान दिने र दुःख गर्नेहरूलाई नै प्रश्न गर्ने गरिएकोमा आक्रोश पोखेका छन् । काठमाडौँ–१ को आफ्नै निर्वाचन क्षेत्रअन्तर्गत घट्टेकुलोमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै उनले नेपालको राजनीतिमा पछिल्लो समय विधिको शासनका लागि संघर्ष गरेकाहरूलाई तिरस्कार गर्ने दुष्प्रयास भइरहेको उल्लेख गरे ।
‘विधिको शासनका लागि संघर्ष गरेकाहरूलाई तिरस्कार गर्ने प्रवृत्ति देशलाई कहाँ पुर्याउँछ ? त्यसले राष्ट्रियता कहाँ पुग्छ ? ख्याल गर्नुपर्छ‚’ उनले भने‚ ‘फेसबुकमा कसैले लेख्दियो त्यसैको पछि कुद्ने ? लेख्ने र हेर्ने अधिकार सबैलाई छ । तर, सही गलत छुट्याउने जिम्मेवारी त तपाईँ हाम्रो हो नि ।’
आफूले काठमाडौँ १ बाट ४ पटक निर्वाचित हुँदा कुनै गलत नगरेकै कारण मतदाताले इमानदार भएकैले पटक पटक जिताएको उनले दाबी गरे । आफू राजनीतिमा लाग्दा दलहरू प्रतिबन्धित अवस्थामा रहेको स्मरण गर्दै जनतालाई अधिकार सम्पन्न बनाउनका लागि राजनीतिमा होमिएको उनको भनाई थियो ।
‘शाही आयोगले समाउँदा विधिको शासन हुनुपर्छ । संविधानमै नभएको कुरा राजाले ल्याउँदैमा हुन्छ ? अवैधानिक छ भनेर मैले भन्दा जेलमा लगेको हो तर, पछि सर्वोच्च अदालतले मेरो गिरफ्तारी अवैधानिक हो नभन्दासम्म त जेलमा राखेकै हो‚’ सिंहले थपे‚ ‘हामी पुर्खाको सम्पत्ति बेचेर राजनीतिमा टिक्नुपर्ने । अनि चप्पल लगाएर आएको भन्छन् । कसको ब्यागग्राउन्ड के हो बुझ्नुपर्यो नि ।’
त्यस्तै उपप्रधानमन्त्री सिंहले विधिको शासन सबैलाई बराबरी हुने पनि बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेकपा एस कोशी प्रदेशको अध्यक्षमा सरिता खड्का सर्वसम्मत
-
तस्बीरमा वर्षा परेपछि खुलेको आकाश
-
पच्चिस तस्बिरमा हेर्नुहोस् बिस्केट जात्रा
-
त्रिविका उपकुलपतिको राजीनापछि विश्वविद्यालय उपकुलपति विहिन
-
म्याग्दीमा गाडीले च्यापेर एक जनाको मृत्यु
-
चाइना साउदर्न एयरलाइन्सले काठमाडौं-ग्वाङ्झाउ रात्रिकालीन उडान पुनः सञ्चालन गर्ने