इनरुवाका गरिब तथा विपन्न परिवारलाई निःशुल्क घर निर्माण सुरु
काठमाडौँ । सुनसरीको इनरुवामा गरिब तथा अति विपन्न परिवारलाई निःशुल्क आवास निर्माण सुरु भएको छ । महिला विकास उत्सुकता मञ्च (फरवार्ड)ले सूची फाउन्डेसनको अनुदान सहयोगमा इनरुवामा ३० वटा घर निर्माण गर्ने भएको हो ।
नेकपा एमालेका नेतृ तथा इटहरी ३ का सांसद भगवती चौधरीले उक्त भवन निर्माण कार्यको शिलान्यास गरेकी हुन् । उक्त कार्यको शिलान्यास कार्यक्रममा बोल्दै पूर्वमन्त्री समेत रहेका चौधरीले प्रत्येक वडामा सुकुम्वासी र विपन्न परिवारका परिवारलाई वासस्थानको व्यवस्था गर्ने सरकारको तयारी रहेको बताइन् ।
सरकारले जनता आवास कार्यक्रम जस्ता कार्यक्रमहरू ल्याएर गरिब तथा विपन्न परिवारलाई आवास निर्माण गर्दै आएको बताइन् । ‘सरकारले गर्दै आएको सोही अभियानअन्तर्गत नै प्रत्येक वडामा गरिब तथा विपन्न परिवारका व्यक्तिहरूलाई आवास निर्माण कार्य सुरुवात गरेका हौँ‚’ उनले भनिन्, ‘हुन त यो न्यून लागत नै हो । तर न्यून लागतमा कसरी हुन्छ उहाँहरूलाई एउटा खानेपानीको कलधारा, एउटा शौचालय, एउटा किचन र दुई कोठा भएको घर उपलब्ध गराउने अभियानअन्तर्गत हामीले इनरुवामा सुरुवात गरेका छौँ । केही नभए पनि ४०५० वर्ष टिक्नेखालको घर नयाँ प्रविधिको प्रयोग गरेर निर्माण हुनेछ ।’
फाउन्डेसनको सहयोगमा फरवार्डले आवास निर्माण गरेपछि त्यस क्षेत्रमा स्थानीय सरकारले खानेपानी, बाटो जस्ता सुविधाहरू उपलब्ध गराउने इनरुवा नगरपालिकाका नगर प्रमुख केदार भण्डारीले प्रतिबद्धता जनाएका छन् ।
कार्यक्रममा बोल्दै फरवार्डका कार्यकारी निर्देशक द्रव्यराज चौधरीले १२ महिनाको अवधिभित्र उक्त परियोजना सम्पन्न हुने बताएका थिए । उनले ६ लाख ६२ हजार रुपैयाँको लागतमा इनरुवा नगरपालिका वडा नं ७ चाँद बेलामा ३० घर निर्माण गरिने बताउँदै त्यसैगरी बर्जू गाउँपालिकामा ३० घर र गढी गाउँपालिका मा ४० घर निर्माण गरिने जानकारी दिएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एनआरएनएको एकता महाधिवेशन गराउन भन्दै अघि बढे घले, कार्यविधि पारित
-
बढुवा भएका २५ एसएसपीलाई दर्ज्यानी चिन्ह प्रदान
-
भारतमा पुष्पक रेल दुर्घटना : मृत्यु हुनेको संख्या ११ पुग्यो
-
सर्वत्र आलोचनापछि पासाङलाई उपाध्यक्ष बनाउने प्रचण्डको योजना स्थगित
-
अर्शदीप सिंहले रचे इतिहास
-
‘समयसापेक्ष पत्रकारको न्यूनतम तलब निर्धारण हुनुपर्छ’