कुन महिनामा डेंगु सङ्क्रमण उच्च ?
काठमाडौँ । नेपालमा हालसम्म २८ हजार २१२ जनामा डेंगु सङ्क्रमण देखिएको छ । ईपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी) का अनुसार भदौदेखि कार्तिकसम्म बढी मात्रमा डेंगु सङ्क्रमण फैलिन्छ । तर यसपालि वर्षा लम्बिएका कारणले डेंगु जोखिम पनि बढेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले बताएका छन् ।
यसो हुनुमा पानीले डेंगु सार्ने लामखुट्टेको वृद्धि र विकास भइरहेकोले डेंगुको सङ्क्रमणको जोखिम बढेको उनको भनाई छ । ‘लामखुट्टेले एक पटकमा एक हजारसम्म अण्डा पार्छ ।’ उनले भने, ‘लामखुट्टेको सो अण्डामा पनि डेंगुको भाइरस हुन्छ । यही अण्डाबाट वयस्क हुने लामखुट्टेले नै सङ्क्रमण सार्छ ।’
गत वर्षको पुसको दोस्रो सातायताबाट डेंगु सङ्क्रमितको तथ्याङ्क राख्न थलिएको हो । पुसको दोस्रो सातादेखि माघको दोस्रो सातसम्ममा २५४ जनामा डेंगु सङ्क्रमण भएको थियो । यस्तै, माघको दोस्रो सातादेखि फागुनको दोस्रो सातामा १८२ जनामा डेंगु सङ्क्रमण पुष्टि भएको थियो ।
अगस्ट महिना अर्थात (भदौ १६ गते देखि १५असोज ) मा एकै पटक डेंगु सङ्क्रमितको सङ्ख्या बढेको छ । यो एम महिनामा १२ सय ४९ जनामा डेंगु सङ्क्रमण देखिएको छ । यस्तै, देशभर पछिल्लो पटक १२ जनाको मृत्यु भइसेको छ भने ७७ मध्ये ७६ जिल्लामा डेंगु सङ्क्रमण फैलिएको छ ।
काठमाडौँ उपत्यकामा ६ हजार २४८ जनामा डेंगु सङ्क्रमित
काठमाडौँ उपत्यकामा ६ हजार २४८ जनामा डेंगु सङ्क्रमित छन् । देशभर जम्मा २८ हजार २१२ जना सङ्क्रमितमध्ये ६ हजार २४८ जना डेंगु सङ्क्रमित उपत्यकामा देखिएका हुन् ।
ईडीसीडीको पछिल्लो तथ्याङ्क अनुसार देशभर पुष्टि भएका डेंगुका बिरामीमध्ये काठमाडौँका४ हजार ३१३ जना, ललितपुर १ हजार ११ जना र भक्तपुर ८ सय २४ जना रहेका छन् ।
देशभर २८ हजार २१२ जना सङ्क्रमितमध्ये १२ जनाको मृत्यु भइसकेको छ । ७७ मध्ये ७६ जिल्लामा डेंगु सङ्क्रमण फैलिएको ईडीसीडीको तथ्याङ्कमा उल्लेख छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मसीजन्य पत्रिका प्रयोग गरी प्रशोधन गर्दै गरेको ६४ किलो केक नष्ट
-
अध्यक्ष प्रचण्ड खबरदारी सभामा सहभागी हुन म्याग्दी जाँदै
-
चितवनमा प्रिमियम र स्मार्ट नामी सार्वजनिक
-
नेपाल चेम्बर अफ कमर्स एक्सपोमा कजारिया टाइल्स
-
सरकारले जनताको माग र आवश्यकतालाई पहिलो प्राथमिकतामा राखेको छ : उपप्रधानमन्त्री सिंह
-
पाथीभरामा केबलकार निर्माण प्रकरण : आन्दोलनरत पक्षद्वारा वार्ता सहजीकरण समिति गठन