तिहारको अवसर पारेर ‘सत्यबिर’ निर्माण घोषणा
काठमाडौँ । यमपञ्चक अन्तर्गत लक्ष्मीपूजाको अवसर पारेर फिल्म ‘सत्यबिर’ निर्माण घोषणा गरिएको छ । गडरेज पिक्चर्स प्रालिको ब्यानरमा निर्माण हुने यो फिल्म सामाजिक कथामा एक्सन थ्रीलर जनरामा निर्माण हुनेछ ।
फिल्मको एक पोष्टर सार्वजनिक गर्दै निर्माण कम्पनीले औपचारिक निर्माण घोषणा गरेको हो । पोस्टरमा कलाकार प्रदीप चौधरीलाई स्थान दिइएको छ । उनलाई रगतले पोतिएको बञ्चरोसहित आक्रामक लूक्समा प्रस्तुत गरिएको छ भने पृष्ठभूमिमा धरहरासहितको काठमाडौँ शहर देख्न सकिन्छ । पोस्टरले क्राइम थ्रील संकेत गर्छ ।
‘सत्यबिर’ को निर्मातामा आदेश सुब्बा छन् । विराज खड्काको निर्देशनमा बन्ने फिल्म आगामी डिसेम्बरबाट फ्लोरमा जाने छ । एक दशक लामो समयदेखि भिएफएक्स तथा एनिमेसनमा सक्रिय खड्काको ठुलो पर्दाको लागि निर्देशनमा यो डेब्यू फिल्म रहनेछ ।
काठमाडौँमा भिएफएक्स र एनिमेसन स्कुल सञ्चालन गरेर सय बढी विद्यार्थीलाई खड्काले प्रशिक्षण दिइरहेका छन् । २१ औं शताब्दीको टेक्नोलोजीको समयमा नेपाली फिल्मलाई उच्च कोटीमा पुर्याउने उद्देश्यसहित फिल्म निर्देशनमा जुटेको खड्काले बताए ।
खड्काले यो फिल्ममा ४० प्रतिशत दृश्य भिएफ एक्स रहने बताए । कलाकारमा प्रदीप चौधरी र द्वन्द्व निर्देशकमा हिमाल केसी बाहेक निर्माण कम्पनीले फिल्मको ‘कास्ट एण्ड क्रू’ सार्वजनिक गरेको छैन । लामो समयदेखि रङ्गमञ्चमा सकृय चौधरी १० वर्षपछि फिल्म अभिनयमा आउन लागेका हुन् ।
‘होस्टेल रिटर्न्स’ फिल्ममा उनले निभाएको ‘पिके डन’ चरित्रले चर्चा पाएको थियो । हाल मण्डला थियटरमा अभिनय कक्षा सिकाइरहेका चौधरी धेरै नेपाली फिल्ममा चल्तीका कलाकारहरूलाई अभिनय कला सिकाएका छन् ।
‘सत्यबिर’ को कथा प्रदीप चौधरीको नै हो । साढे २ करोडको लागतमा निर्माण हुने फिल्ममा परिचित कलाकारहरू नै प्रमुख अभिनयमा रहने निर्माता सुब्बाले बताए । तिहारलगत्तै फिल्मका अन्य कलाकारहरूको उपस्थिति सार्वजनिक गर्दै वर्कसपमा जुट्ने निर्माण टिमले बताएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रधानमन्त्री ओली किन पर्छन् पटकपटक विवादमा ?
-
मेडिसिटीमा उपचारका क्रममा मृत्यु भएका सरोजका परिवारले बुझे शव
-
तिहार मनाउने खर्चको जोहो गर्न राउटे पोखरामा
-
भारतीय सेना प्रमुख द्विवेदीले शुक्रबार प्रधानमन्त्री ओलीलाई भेट्दै
-
पार्टीप्रति आक्रोश बढेको रास्वपाको निष्कर्ष : कस्तो हो आन्दोलनको नयाँ स्वरूप ?
-
भारतीय सेना प्रमुखको सम्मानमा जंगी अड्डामा रात्रिभोज