नव्याश्रीले ल्याइन् म्युजिकल सर्ट फिल्म ‘महाकाली’
![नव्याश्रीले ल्याइन् म्युजिकल सर्ट फिल्म ‘महाकाली’](https://npcdn.ratopati.com/media/news/sd_E9Zj8Cad3u.jpg)
काठमाडौं । गायिका एलिना चौहान र गायक श्रीधर अधिकारीको स्वर रहेको म्युजिकल सर्ट फिल्म ‘महाकाली’सार्वजनिक भएको छ । शिव र पार्वतीको पौराणिक कथा प्रस्तुत गर्ने फिल्ममा श्रीधरकै संगीत रहेको छ भने नव्याश्रीको लेखन तथा निर्माण छ ।
म्युजिकल फिल्ममा नव्याश्री, लोमश शर्मा, राजकुमार थापा र प्रकाश कँडेलको अभिनय छ । नव्याश्रीले यसमा काली र पार्वती दुवैको भूमिका निर्वाह गरेकी छन् भने लोमश शिवको भूमिकामा देखिएका छन् । रामजी राउत एसोसिएट निर्देशक हुन् ।
भिडियोमा सुरेश पाण्डेको कोरियोग्राफी, श्रीकृष्ण श्रेष्ठको भीएफएक्स, मदन कश्यप घिमिरेको छायांकन र भूपेन्द्र अधिकारीको सम्पादन छ ।
‘महाकाली’ ‘ओएसआर डिजिटल’ युट्युब च्यानलमा रिलिज गरिएको छ । बाल्यकालदेखि नै अभिनयमा लगाव राख्ने नव्याश्री भारतको दार्जीलिङकी बासिन्दा हुन् । उनले १४ वर्षको उमेरमा ‘प्लानेट मिस इण्डिया वर्ल्ड २०१८’ को उपाधि जितेकी थिइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अदूरदर्शी पोखराका जनप्रतिनिधि : लामे आहालको म्याद सकियो, पोखराको फोहोर ५ दिनदेखि सडकमै
-
मुस्ताङको लुरी गुम्बा ओझेलमा
-
प्रतिनिधिसभा बैठक बस्दै, के-के छन् कार्यसूची ?
-
स्टील र आल्मुनियममा २५ प्रतिशत आयातकर लगाउने ट्रम्पको घोषणा, अस्ट्रेलियाप्रति नरम
-
दुनाटपरी व्यवसायबाट दैनिक तीन हजारसम्म आम्दानी
-
‘मच्छिन्द्रनाथको रथ बनाउने बेत सहज आपूर्तिको व्यवस्था गर्न अनुरोध’