ह्यारिसले लस भेगासमा जेनिफर लोपेजसँग चुनावी र्याली गर्ने

वासिङटन डीसी । अमेरिकामा नोभेम्बर ५ मा हुन लागेको राष्ट्रपतिको निर्वाचनमा डेमोक्रेटिक पार्टीकी उम्मेदवार कमला ह्यारिसले अमेरिकी राष्ट्रपति चुनावको अभियानको एक भागको रूपमा लस भेगासमा एक र्याली गर्नेछिन् । ह्यारिसको यो र्यालीमा प्रसिद्ध अमेरिकी गायिका तथा अभिनेत्री जेनिफर लोपेजले पनि आफ्नो उपस्थिति जनाउने भएकी छिन् ।
यसैबिच अमेरिकी अर्बपति व्यापारी तथा न्यूयोर्कका पूर्व मेयर माइकल ब्लूमबर्गले ह्यारिसलाई समर्थन गर्ने घोषणा गरेका छन् । आफ्नो समर्थनको घोषणा गर्दै उनले भने, ‘म ह्यारिससँग हरेक मुद्दामा सहमत छैन, तर यो हप्ताको सुरुमा मैले बिना हिचकिचाहट उनलाई भोट दिएँ ।’
नीतिको कुरा आउँदा ट्रम्प र ह्यारिस बीच भिन्नता छुट्याउन अलि गाह्रो हुने पनि उनले बताए । हालै माइकल ब्लूमबर्गले ह्यारिसको चुनावी अभियानलाई समर्थन गर्ने गैर–लाभकारी संस्थालाई ५ करोड डलर दान दिएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ललिता निवासमा अख्तियारको पुनरावेदन : सफाइ पाएका तीन मन्त्रीसहित यी हुन् प्रतिवादीहरू
-
सरकारलाई दिएको समर्थन कायमै राख्ने जसपा नेपालको निर्णय
-
मध्यपश्चिम विश्वविद्यालयको दीक्षान्त समारोह शुक्रबार, ३ हजार ८ सयभन्दा बढी दीक्षित हुने
-
खेलकुदमा अदालतको आदेश विपरीत नियुक्ति प्रकरण, पर्शुराम बस्नेतले पठाए अदालतमा लिखित जवाफ
-
प्रतिनिधिसभाको सम्भावित कार्यसूची तय, यी अध्यादेश निर्णयार्थ पेस हुँदै
-
एमाले मोरङको जिल्ला अधिवेशन प्रभावित, चुनाव भोलि मात्रै