आइतबार, ०९ मङ्सिर २०८१
ताजा लोकप्रिय

कर्मचारीको तलब ३८ प्रतिशतले बढाउने बोइङको प्रस्ताव

शुक्रबार, १६ कात्तिक २०८१, ०८ : ५२
शुक्रबार, १६ कात्तिक २०८१

वासिङ्टन डीसी । अमेरिकी यात्रुबाहक जहाज निर्माता कम्पनी बोइङका कामदारहरू कयौँ हप्तादेखि हडतालरत छन् । तलब र सेवा सुविधा बढाउनु पर्ने मागसहित कम्पनीका ३० हजारभन्दा धेरै कर्मचारीहरू आबद्ध कर्मचारी सङ्गठन हडतालमा उत्रिएको छ । कम्पनीले पटक पटक तलब वृद्धिको अफर गरेको भएपनि आफूले भने जत्तिको तलब नपाएपछि कर्मचारीहरू टसको मस नभइ बसिरहेका छन् । 

हडताल अन्त्य गर्न बोइङले आगामी चार वर्षका लागि ३८ प्रतिशत तलब बढाउने नयाँ प्रस्ताव गरेको छ । कम्पनीको यस प्रस्तावमा कर्मचारी संगठनका प्रतिनिधिहरूले सोमबार मतदान गर्ने भएका छन् । सेप्टेम्बर १३ देखि इन्टनरनेशनल एसोसिएसन अफ मशिनिष्ट एन्ड एरोस्पेश वर्कर्श (आईएएम)का सदस्य कर्मचारीहरूले काम ठप्प पारेका छन् । यसले गर्दा कम्पनीको उत्पादनमा नाटकीय कमी आएको छ । 

बोइङमाथिको संकट पनि गहिरिँदै गएको छ । आईएएमले यस अघि ४० प्रतिशत तलब बढाउन भनेका थिए । कम्पनीले दुई पटक नयाँ तलब अफर गरेको थियो । पछिल्लो पटक तलबमा ३५ प्रतिशतको वृद्धिको अफर पनि अस्वीकृत भएको थियो । पछिल्लो तलब वृद्धिको प्रस्तावमा कर्मचारीहरूले सहमति जनाए भने जनही १२ हजार डलर बोनस पनि पाउनेछन् । 

यो प्रस्तावपछि आगामी चार वर्षको लागि कर्मचारीको तलब वार्षिक औसत १ लाख १९ हजार ३०९ डलरमा पुग्ने बोइङले बताएको छ । नयाँ प्रस्तावमा कर्मचारीहरूको सेवानिवृत्तिको योजनामा परिवर्तन पनि समावेश छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप