मस्कले पैसा वितरण जारी राख्न सक्ने
वासिङटन डीसी । अमेरिकी खर्बपति व्यापारी एलन मस्कले अहिलेका लागि रिजष्टर्ड मतदाताहरूलाई नगद दिने कार्यक्रम जारी राख्न सक्ने पेन्सिल्भेनिया राज्यका एक न्यायाधीशले फैसला सुनाएका छन् । नोभेम्बर ५ मा राष्ट्रपतिको निर्वाचन अघि स्वीङ्ग स्टेटमा डोनाल्ड ट्रम्पका समर्थकहरूलाई आफ्नो राजनीतिक समूह अमेरिका पीसीएमार्फत मस्कले नगद बाँडिरहेका छन् ।
हरेक दिन एक जना मतदातालाई उनले १० लाख डलर दिने अभियान चलाएका छन् । यसलाई रोक्न फिलाडेल्फिया जिल्ला अदालतका एक वकिल लरेन्स क्रास्नरले मस्क विरुद्ध मुद्दा हालेका थिए । सो मुद्दाको फैसला गर्ने क्रममा बिहीबार न्यायाधीश एन्जेलो फोग्लिाइताले सो मुद्दालाई थाँती राखेका छन् । सङ्घीय अदालतले यो मुद्दा हेर्ने कि नहेर्ने भनेर निर्णय गर्न बाँकी छ ।
सङ्घीय अदालतले पनि हेर्न अस्वीकार गर्यो भने यो पुनः राज्य अदालतमा फर्केर आउनेछ । तर यो मुद्दा मंगलबारको निर्वाचन अघि सल्टिने कुनै सङ्केत छैन । यो सुनवाइलाई मस्कले माइक्रो ब्लगिङ वेबसाइट एक्सको पोस्टमा न्याय बताएका छन् । यो सुनवाइको समयमा मस्क फिलाडेल्फियाको अदालतमा उपस्थित थिएनन् ।
यो महिनाको सुरुमा मस्कले पेन्सिल्भेनिया, नेभादा, एरिजोना, विस्कन्सिन, मिशिगन र उत्तर क्यारोलिना राज्यमा नोभेम्बर ५ अघि सम्म हरेक दिन एक मतदातालाई १० लाख डलर दिने अभियान सुरु गरेका थिए । यी राज्यमा कमला ह्यारिस र डोनाल्ड ट्रम्पबिच चर्को प्रतिस्पर्धा चलिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मन्त्रिपरिषद्बाट अनुदान सम्बन्धी दुई कार्यविधि स्वीकृत
-
बयान लिन सैफको घरमा पुग्यो प्रहरी
-
डार्क वेब सिल्क रोडका सर्जकलाई ट्रम्पले दिए माफी
-
विश्व स्वास्थ्य संगठनले भन्यो– अमेरिकाले आफ्नो निर्णयबारे पुनर्विचार गर्नुपर्छ
-
अस्ट्रेलियासँग हारेसँगै उपाधि होडबाट बाहिरियो नेपाल
-
कांग्रेस बागमती सभापति बानियाँ र राजदूत डा.शर्माबिच भेटवार्ता