अमेरिकामा विदेशीसँगै नेपालीले समेत मनाए हालोविन पर्व
अमेरिका । हरेक वर्षको अक्टोबर ३१ तारिखमा पर्ने हालोविन पर्व अमेरिकामा रहेका नेपाली समुदायले पनि हर्सोल्लासका साथ मनाएका छन् । अमेरिकामा विभिन्न राज्यमा समय फरक भएको कारण अगाडी र पछाडि मनाउने क्रम जारी रहेको छ । नेपालीहरूको दोस्रो ठुलो महान् चाड तिहारको लक्ष्मी पूजा तथा कुकुर तिहारकै दिन परेकोले अझ मनोरञ्जन गर्दै अमेरिकामा जन्मिएका दोस्रो पुस्ताले समेत यो पर्व खेले ।
हालोविन पर्वलाई हृदय देखि नै स्वागत गर्दै अमेरिकामा जन्मेका दोस्रो पुस्ता तथा छोराछोरीको साथमा अभिभावक सहितले हालोविन पर्व मनाएका छन् ।आफ्नो चाड पर्वको साथै अमेरिकामा मनाइने ईसाई पर्व थाङ्क्स गिभिङ्ग (धन्यवाद दिवस)सहित हलोविन पर्वलाई अमेरिकामा रहेका नेपाली समुदायले धूमधामसँग मनाउन सुरु गरेका छन् ।
नेपालीहरूले तिहारमा देउसी भैलो खेले झैँ अमेरिकाका बालबालिकाहरूले ट्रिक अर ट्रीटिंग अर्थात छल या व्यवहार गर भन्दै हालोविन पर्व मनाएका हुन् । साथै ह्यापी हालोविन भन्ने पनि चलन छ । यसरी विदेशीहरूले खेले झैँ नेपाली बालबालिका किशोर किशोरीहरूले समेत आफ्ना छर छिमेक र नजिक पर्ने ठाउँमा हालोविन पर्व खुसी हुँदै मनाएका छन् ।
प्रायजसो कालो रङ्गको पोसाकमा देखिएता पनि विभिन्न भूतप्रेतको विभिन्न रङ्गका पोसाकमा आएका बालबालिकाले आफूले ल्याएको झोलामा मिठाई (चकलेट) माग्ने र घरधनीले झोला लिएर आएकालाई विभिन्न प्रकारका मिठाई बढ्ने प्रचलन रहेको छ । हालोविन खेल्न आउनेलाई पैसा अथवा दक्षिणा दिनु पर्दैन ।
बालबालिका तथा किशोर किशोरीले मिठाई (चकलेट) माग्ने गर्छन् । यसरी बालबालिका खेल्न जाँदा उनीहरूको सुरक्षा तथा मार्ग दर्शन गर्न उनीहरूको साथमा अभिभावक पनि साथमा जाने चलन छ ।
घरबेटीले अन्य खाने कुराहरू दिनु पर्दैन । नेपालको तिहारको समय र हालोविनको समय कहिलेकाहीँ एक दुई दिनको फरकमा पर्न जान्छ । तर यस पटक कुकुर तिहार र लक्ष्मी पूजा कै दिन हालोविन परेको छ ।
बालबालिकाले पहेँला, निला, काला, सेता वस्त्र, भूतप्रेत झैँ, होलिका, मुकुन्डो, नकाब, भोजमा लगाइने विशेष पोसाकमा घर बजार तथा ठुला ठुला विशाल बजारमा गएर मिठाई मागी बालबालिका मनोरञ्जन गर्दछन् ।
हालोविन के हो ? किन मनाइन्छ ?
हालोविन वा ह्यालविन (अल ह्यालज् इभिनिङको छोटकरी) विश्वका धेरै मुलुकहरूमा प्रत्येक वर्ष अक्टोबर ३१ मा मनाइने पर्व हो। हलोविन इसाईहरूको एक चाड हो। हालोविन अक्टोबर महिनाको अन्तिम दिन मनाइन्छ। यो चाड इसाई धर्ममा ज्यादा प्रचलित छ।
गर्मीलाई बिदाई गर्न यो चाड मनाइन्छ। यो चाड पश्चिमा देशहरू संयुक्त राज्य अमेरिका, क्यानडा, स्कटल्यान्ड, न्युजिल्यान्ड आयरल्यान्ड, संयुक्त अधिराज्य, जर्मनी जस्ता देशमा बढी मात्रामा मनाइन्छ। यी बाहेक अरू देशमा पनि मनाइन्छ ।
यो चाड मनाउने देशको सङ्ख्या बढ्दो छ। आइरिस् (आयरल्यान्डका बासिन्दा) र स्कटिस् (स्कटल्यान्डका बासिन्दा)ले यो चाड उत्तर अमेरिका ल्याएका हुन्।
हालोविन शब्दको प्रयोग पहिलो पटक सोह्रौ शताब्दीमा प्रयोग गरिएको हो भने स्कट ल्याण्डमा All-Hallows’-Even (“evening”) को मतलब अर्थात् हेलोविन रात्री भन्दा अगाडी हो । यो आत्मा दिवसको पूर्व सन्ध्या हो भने सन्न्यासी दिवसको नामले पनि जानिन्छ ।
इसाई दिवस (क्रिसमस) र धन्यवाद दिवस (थाङ्क्स गिभिङ्ग) पछिको सबै भन्दा खर्चिलो पर्वमा हालोविन पर्दछ । हालोविनमा घर बाहिर, भित्र सजावट , बालबालिकालाई लुगा कपडाको साथै अभिभावकहरू पनि सजावटको साथमा हिँड्न थालेका छन् ।
हालोविन खेल्दा १२ वर्ष मुनिका भएमा अनिवार्य रूपमा अभिभावक साथमा हिँड्ने गर्छन् । यदि बालबालिका परिपक्व छ भने पनि आफ्नो नजिकका छर छिमेकी वरपर मात्र खेल्न सुझाव गर्दछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मन्त्रिपरिषद्बाट अनुदान सम्बन्धी दुई कार्यविधि स्वीकृत
-
बयान लिन सैफको घरमा पुग्यो प्रहरी
-
डार्क वेब सिल्क रोडका सर्जकलाई ट्रम्पले दिए माफी
-
विश्व स्वास्थ्य संगठनले भन्यो– अमेरिकाले आफ्नो निर्णयबारे पुनर्विचार गर्नुपर्छ
-
अस्ट्रेलियासँग हारेसँगै उपाधि होडबाट बाहिरियो नेपाल
-
कांग्रेस बागमती सभापति बानियाँ र राजदूत डा.शर्माबिच भेटवार्ता