आइतबार, ०७ पुस २०८१
ताजा लोकप्रिय

यस्तो छ तपाईँको आजको राशिफल

शुक्रबार, १६ कात्तिक २०८१, ०६ : २४
शुक्रबार, १६ कात्तिक २०८१

वि.सं. २०८१ साल कार्तिक १६ गते । शुक्रबार । ईश्वी सन् २०२४ नोभेम्बर १ तारिख । नेपाल संवत् ११४४ । कालयुक्तनाम संवत्सर । दक्षिणायन । शरद ऋतु । श्रीशाके १९४५ । कार्तिक कृष्णपक्ष । तिथि– औँशी, २७ घडी ३० पला, बेलुकी ५ बजेर १५ मिनेट उप्रान्त प्रतिपदा । नक्षत्र–स्वाती, ५३ घडी १५ पला, रातको ३ बजेर ३३ मिनेट उप्रान्त विशाखा ।

योग–प्रिती, १४ घडी ११ पला, बिहान ११ बजेर ५५ मिनेट उप्रान्त आयुष्मान । करण–नाग, बेलुकी ५ बजेर ५५ मिनेट उप्रान्त किंस्तुध्न । आनन्दादिमा–गद योग । चन्द्रराशि–तुला । काठमाडौँमा सूर्योदय बिहान ०६ बजेर १५ मिनेट । सूर्यास्त बेलुकी ५ बजेर १८ मिनेट । दिनमान २७ घडी ३७ पला । गाईतिहार ।

आजको बार बेला ।  
बिहान ०६ बजेर १५ मिनेटसम्म चर बेला ।
बिहान ६ बजेर १६ मिनेटदेखि बिहान ७ बजेर ३८ मिनेटसम्म लाभ बेला ।
बिहान ७ बजेर ३९ मिनेटदेखि बिहान ९ बजेर १ मिनेटसम्म अमृत बेला ।
बिहान ०९ बजेर २ मिनेटदेखि बिहान १० बजेर २४ मिनेटसम्म काल बेला ।
बिहान १० बजेर २५ मिनेटदेखि बिहान ११ बजेर ४७ मिनेटसम्म  शुभ बेला ।
बिहान ११ बजेर ४८ मिनेटदेखि दिउसो १ बजेर ९ मिनेटसम्म रोग बेला ।
दिउसो १ बजेर १० मिनेटदेखि दिउसो २ बजेर ३२ मिनेटसम्म उद्वेग बेला ।
दिउसो २ बजेर ३३ मिनेटदेखि दिउसो ३ बजेर ५५ मिनेटसम्म चर बेला ।
दिउसो ३ बजेर ५६ मिनेटदेखि बेलुकी ६ बजेर ५५ मिनेटसम्म रोग बेला ।
नोट :  शुभकार्य तथा यात्रा गर्दै हुनुहुन्छ भने लाभबेला र अमृत बेलाको समय पारेर गर्नुहोला  ।

राहुकाल
बिहान १० बजेर २३ मिनेटदेखि बिहान ११ बजेर ४६ मिनेटसम्म राहुकाल रहनेछ ।
नोट : राहुकालको समयमा कुनै पनि शुभ कार्य नगर्नुहोला ।

ब्रहा मुहूर्त
बिहान ४ बजेर ३९ मिनेटदेखि बिहान ५ बजेर २७ मिनेटसम्म ब्रहा मुहूर्त रहनेछ ।

मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ) एकल तथा साझेदारी व्यापारबाट प्रशस्त नाफा कमाउन सकिनेछ । पढाइ लेखाइमा भनेजस्तो नतिजा हात लाग्ने हुनाले आफन्त तथा अग्रजहरू खुसी रहनेछन् । पारिवारिक यात्राका क्रममा स्वादिष्ट भोजन ग्रहण गर्ने अवसर प्राप्त हुनेछ । माया प्रेममा सामिप्यता बढेर जानेछ भने पति पत्नी बिच मायाको डोरो कसिलो हुनेछ । समयको सदुपयोग गर्दै परिवार तथा आफन्तका साथ मिष्टान्न भोजन ग्रहण गर्दै समय व्यातित गर्न सकिनेछ ।

वृष(ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) आफन्त तथा मावली पक्षबाट हरेक क्षेत्रमा सहयोग तथा समर्थन पाईने हुँदा अगाडी बढ्न सहज हुनेछ । विवादित विषयहरूबाट निचोड तपाईँकै पक्षमा आउने हुनाले खुसीले उचाइ नाघ्नेछ । पढ्ने लेख्ने काममा अरूलाई पछाडि छोड्दै नतिजा आफ्नो पोल्टोमा पार्न सकिनेछ । तपाईँसँग मनमुटाबको भावना राख्ने तथा शत्रुता साध्नेहरू आफै कमजोर हुनेछन् । काम गर्न रकम तथा आर्थिक स्रोतहरू जुट्ने हुनाले व्यापार व्यवसायमा प्रशस्त आम्दानी हुनेछ । स्वास्थ्य आफ्नै काबुमा हुने हुनाले नयाँ नयाँ काम गर्न सकिनेछ ।

मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा)  कामहरू समयमा नसकिने तथा अरूबाट बाधा व्यवधान हुने हुनाले मानसिक तनाव बढ्नेछ । यात्रा गर्दा तथा सवारी चलाउँदा ध्यान दिनुहोला दुर्घटना नहोला भन्न सकिन्न । साथीभाइ तथा परिवारकै मानिसबाट असहयोग हुनेछ । काम गर्दा ध्यान दिनुहोला खुट्टा तान्नेहरू सक्रिय रहनेछन् । तरपनि खानपान, किनमेल तथा भेटघाटमा समय व्यातित हुनेछ । मन परेको मानिसबाट उपहार प्राप्तिको योग रहेको छ ।

कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो) घरायसी समस्या एक्कासि बढ्नाले अर्थ अभाव हुनेछ । समाजसेवामा तथा राजनीतिमा पदको दुरुपयोग गर्दा मान सम्मानमा दाग लाग्न सक्छ ध्यान दिनुहोला । अध्ययनमा समय दिएपनी नतिजाको लागी केही समय कुर्नु नै पर्नेछ । तरपनि आफन्त तथा साथीभाइसँगको भेटले मन प्रफुल्ल रहनेछ । खानपान, किनमेल तथा मनोरञ्जनमा समय व्यातित हुनेछ । छोटो दुरीको यात्राको तय हुनेछ ।

सिंह(मा,मी,मू,मे,मो,टा,टी,टू,टे) दाजुभाई तथा छिमेकीहरू सँगको सम्बन्धमा सुधार भएर जानेछ । पराक्रम बढेर जाने हुनाले जोसिलो काम गर्ने जाँगर आउनेछ । यात्रा गर्ने अवसर जुर्नेछ भने यात्राका क्रममा बौद्धिक मानिसहरू सँग भेटघाट हुने हुनाले मन प्रसन्न रहनेछ । चाडबाड लक्षित सामानको व्यापारमा उल्लेख्य वृद्धि हुनेछ । खानपान तथा मनोरञ्जनमा समय व्यातित हुनेछ । माया प्रेममा नजिक हुने समय रहेको छ ।

कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो) वातावरण तथा खानपानमा ध्यान दिनुहोला सामान्य स्वास्थ्य सम्बन्धी समस्याले सताउनेछ । समयमा काम नबन्ने हुँदा मनमा निराशा पैदा हुनेछ । तरपनि सानो प्रयत्नले राम्रो काम गरी फाइदा लिन सकिनेछ भने प्रतिस्पर्धीहरू परास्त हुनेछन् । माया प्रेममा सामिप्यता बढेर जानेछ । खाद्यान्न, पूजा सामाग्री तथा स्वास्थ्य सामाग्रीको व्यापारमा उल्लेख्य वृद्धि हुनेछ । भेटघाट तथा खानपानमा समय व्यातित हुनेछ ।

तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते) नयाँ प्रविधिको प्रयोग गरी रचनात्मक कार्य गर्न सकिनेछ । राजनीति कर्मीहरूका लागी जनताको काम समयमा गर्न सकिने हुनाले पद प्राप्तिको गतिलो योग रहेको छ । सुन्दर तथा विलासिताका सर सामान प्रयोग गरी अरूको ध्यान आफूतिर आकर्षित गर्न सकिनेछ । लामो समयदेखि बिछोड भएका मित्रहरिसँग भेट हुनाले दिन रमाइलो गरी बिताउन सकिनेछ । आफन्तका साथ रमाइलो गर्दै समय व्यातित हुनेछ ।

वृश्चिक(तो,ना,नी,नू,ने,नो,या,यी,यू) सामान्य स्वास्थ्य सम्बन्धी समस्याबाट दिन गुज्रिनेछ भने काम गर्ने जोस जागरमा कमी आउनेछ । अरूको भरपर्दा काम नबन्ने तथा चिताएको काममा विलम्ब हुनेछ । समयले गलत मार्गमा डोर्‍याउनाले व्यवहार बिग्रनेछ भने गलत संगतबाट सजक रहनुहोला । अग्रज तथा आफन्तबाट भनेजस्तो सहयोग नपाइनाले हर क्षेत्र डामाडोल हुनेछ । तरपनि खानपान तथा मनोरञ्जनमा समय व्यातित हुनेछ ।

धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे)  कृषि तथा पशुपालन व्यवसायमा लगानी गरी मनग्गे आम्दानी गर्न सकिनेछ । खनिज पदार्थ तथा पानीसँग सम्बन्धित कामबाट भनेजस्तो आम्दानी हुनेछ । प्रणय सम्बन्धमा नजिक हुने समय रहेको छ भने जीवन साथीको सहयोगले राम्रा काम गर्न सकिनेछ । इच्छा, आकांक्षा तथा मनोकामना पुरा हुनेछन् । सामाजिक सञ्जाल तथा प्रविधिको प्रयोग मार्फत आफ्ना विचारहरू जनमानसमा लैजान सकिनेछ । आफन्तसँगको भेटले मन प्रसन्न हुनेछ ।

मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) व्यापारबाट प्रशस्त रुपैयाँ पैसा कमाउने योग रहेको छ । व्यस्तताका बाबजुद पनि उपलब्धि मूलक कामहरू गर्न सकिने ग्रहयोग रहेको छ । भनेको समयमा सामाजिक कामहरू बन्ने हुनाले छोटो समयमा नाम तथा दाम कमाउन सकिने हुँदा घर परिवारमा खुसीयाली छाउनेछ । माया प्रेममा सामिप्यता बढेर जानेछ ।  समयको सदुपयोग गर्दै परिवार तथा आफन्तका साथ समय व्यातित हुने तथा रमाइलो ठाउँको भ्रमण हुनेछ ।

कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा) सानो प्रयत्नले हुने काम पनि दिनभर लगाएर गर्नुपर्दा समय त्यतिकै व्यातित हुनेछ । स्वास्थ्यमा समस्या आउने योग रहेको छ । साथीभाइ तथा छिमेकमा असमज्दारी बढ्नेछ । तरपनि धार्मिक क्षेत्रतिरको यात्रामा मन जानेछ । माया प्रेममा आफ्ना भनाइहरू साटासाट गर्न पाउँदा मन प्रसन्न हुनेछ । चाडबाड लक्षित सामानको व्यापारमा उल्लेख्य वृद्धि हुनेछ । खानपान तथा मनोरञ्जनमा समय व्यातित हुनेछ ।

मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) उपलब्धि हात पार्नको लागी कडा मेहनतको खाँचो पर्नेछ । आफन्त तथा दिदी बहिनीसँग सामान्य कुरामा पनि मनमुटाब बढ्ने योग रहेको छ । स्थायी सम्पत्ति तथा सवारी साधनको प्रयोग गर्दा ध्यान दिनुहोला समय मध्यम रहेको छ । प्रेममा नचाहँदै नचाहँदै टाढिनु पर्दा मन खिन्न हुनेछ । तरपनि व्यापारमा उल्लेख्य वृद्धि हुनेछ । यात्रा, खानपान तथा भेटघाटमा समय व्यातित हुनेछ ।

तपाईँको दिन शुभ रहोस् ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

दुर्गा भण्डारी
दुर्गा भण्डारी
लेखकबाट थप