शुक्रबार, १६ कात्तिक २०८१
ताजा लोकप्रिय

स्पेनमा बाढीका कारण कम्तीमा १५८ जनाको मृत्यु

बिहीबार, १५ कात्तिक २०८१, २२ : १९
बिहीबार, १५ कात्तिक २०८१

भ्यालेन्सिया । स्पेनमा बाढीका कारण कम्तीमा १५८ जनाको मृत्यु भएको छ ।

स्पेनी अधिकारीहरूका अनुसार बुधबार आएको बाढीका कारण बिहीबारसम्ममा ज्यान गुमाउनेको संख्या कम्तीमा पनि १५८ पुगेको छ । अझै बेपत्ताको खोजी कार्य भइरहेको छ । 

स्पेन सरकारले बाढीका कारण ज्यान गुमाएका व्यक्तिको सम्मानमा तीन दिन राष्ट्रिय शोकको घोषणा गरेको छ ।

अधिकारीहरूले बाढी प्रभावित क्षेत्रका मानिसहरूलाई घरभित्रै बस्न आग्रह गरेका छन्। भूमध्यसागरमा मङ्गलबारदेखि आएको असाधारण आँधीका कारण भारी वर्षा हुनुका साथै माटोले भरिएको पानीको बहाव (बाढी)ले मानिसहरूलाई बगाएको छ भने घरहरू भत्किएका छन् । बाढीका कारण पूर्वी भ्यालेन्सिया क्षेत्र सबैभन्दा बढी प्रभावित भएको छ।

भ्यालेन्सिया क्षेत्रमा उद्धार कार्यको समन्वय गर्ने निकायले बिहीबार दिउँसोसम्म त्यहाँ १५५ जनाको शव फेला परेको जानकारी गराएको छ ।

क्यास्टिला–ला मञ्च र अन्डालुसियाका अधिकारीहरूले बुधबारको बाढीका कारण आफ्नो क्षेत्रमा तीन जनाको मृत्यु भएको घोषणा गरेका छन् ।

अझै धेरै मानिस हराइरहेका र केही क्षेत्र उद्धारकर्ताको पहुँचबाहिर रहेकाले सरकारका मन्त्रीहरूले मृत्युसङ्ख्या अझै बढ्नसक्ने बताएका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप