दुई महिनामा २ अर्ब ३६ करोड रुपैयाँ रकमान्तर, दुई परिवारलाई २५ लाख आर्थिक सहायता

काठमाडौँ । दुई महिनामा २ अर्ब ३६ करोड रुपैयाँ रकमान्तर भएको छ । अर्थ मन्त्रालयको भदौ र असोजमा आधारित सहयोग, रकमान्तर र थप बजेट निकासासम्बन्धी विवरण अनुसार यो अवधिमा सो बराबरको रकम रकमान्तर भएको हो । यो अवधिमा २५ लाख आर्थिक सहायता तथा १७ करोड ७५ लाख रुपैयाँ बराबरको थप बजेट निकासा भएको मन्त्रालयको तथ्याङ्क छ ।
मन्त्रालयले उपलब्ध गराएको तथ्याङ्क अनुसार यो अवधिमा रकमान्तर भएको सबै रकम कृषि तथा पशुपक्षी विकास मन्त्रालयको विशेष कृषि कार्यक्रम अन्तर्गतको रकम लगानी विविध शीर्षकमा रकमान्तर गरिएको छ । मन्त्रालयले दूध तथा उखु किसानको भुक्तानीका लागि अर्थ मन्त्रालयबाट यस्तो बजेट रकमान्तर गराएको हो ।
त्यस्तै, आर्थिक सहयोग मध्ये कृष्णमोहन कोइरालाको उपचारका लागि ५ लाख रुपैयाँ सुरेन सुनुवारको आश्रित परिवारलाई २० लाख रुपैयाँ सहयोग उपलब्ध गराइएको मन्त्रालयले जनाएको छ ।
त्यस्तै, थप बजेट निकासा भएका बजेटमा १४ करोड रुपैयाँ स्विस सरकारको अनुदानमा सञ्चालित कार्यक्रममा खर्च नभएको रकम संघीय राजश्व खाताबाट स्विस अनुदान सहायता खातामा जम्मा गरिएको छ । त्यस्तै, परराष्ट्र मन्त्रालयलाई चीनले उपलब्ध गराएको सवारी साधनको भन्सार तिर्ने प्रयोजनको लागि १ करोड ५६ लाख निकासा दिइएको छ भने केही बजेट यसअघि भुलवश एउटा खातामा जम्मा भएकोमा सच्याउने प्रयोजनमा प्रयोग गरिएको छ ।
मन्त्रालयले दुई महिनाको अवधिमा मात्रै १४ वटा मन्त्रालयका २८ वटा भन्दा बढी कानूनका मस्यौदाहरू स्वीकृत गरेको समेत जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अब हामीले आँखा र कान खोल्नुपर्छ, सहयोगका सीमा स्पष्ट पार्नुपर्छ : गोकुल बास्कोटा
-
प्रधानमन्त्री ओली भारत भ्रमणको निमन्त्रणाको पर्खाइमा हुनुहुन्छ : परराष्ट्रमन्त्री राणा
-
सात महिनामा चार अर्ब ३९ करोडको जुत्ता चप्पल आयात
-
ओलीको जन्म दिनमा केक काटेर ‘केपी ओली कप’को शुभारम्भ, तस्बिरमा हेर्नुहोस्
-
‘कल्ली’को छायाङ्कन सुरु, उत्तम भन्छन्– ‘कथा यूनिक लागेर कमब्याक गरेँ’
-
धर्म र संस्कृतिलाई राजनीतिमा प्रवेश गराए भयंकर विवादको स्वरूप लिने भट्टराईको चेतावनी