नयाँ प्रमुख नियुक्त गरेर सुरक्षण मुद्रण केन्द्रलाई अघि बढाउँछु : मन्त्री गुरुङ
बिहीबार, १५ कात्तिक २०८१, १६ : ५९
काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले छिटै नयाँ प्रमुख नियुक्त गरेर सुरक्षण मुद्रण केन्द्रलाई अघि बढाउने बताएका छन् ।
नेकपा एमाले बागमती प्रदेश सम्पर्क कमिटीले बिहीबार काठमाडौँमा आयोजना गरेको शुभकामना आदान प्रदान कार्यक्रममा गुरुङले केन्द्रका यसअघिका प्रमुख भ्रष्टाचार प्रकरणमा मुछिएकाले नयाँ प्रमुख खोजेर केन्द्रलाई अघि बढाउने बताएका हुन् । उनले नागरिकता, राष्ट्रिय परिचयपत्र, राहदानी, अन्तःशुल्क स्टिकर लगायत केन्द्रबाट छपाई गर्न सके देशको अर्बौं रकम जोगिने जिकिर गरे ।
मन्त्री गुरुङले समाजवादको लक्ष्य पुरा गर्नका लागि सूचना प्रविधि क्षेत्रलाई प्राथमिकता दिँदै सरकार अघि बढिरहेको बताए । भ्रष्टाचारलाई अन्त्य गर्दै सुशासन स्थापित गर्न सरकारको ध्यान केन्द्रित रहेको पनि उनले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नारायणको बार आज कसलाई कति लाभ ? हेर्नुहोस् राशिफल
-
भारतविरुद्धको टी-ट्वेन्टी श्रृंखलामा हारबाट जोगियो इंग्ल्याण्ड
-
अमेरिकी डलर, चिनियाँ युआन, रियाल, दिनारको मूल्य बढ्यो, कसको कति ?
-
ताल तथा सीमसार क्षेत्रमा पाइने चराको अस्तित्व संकटमा
-
चिनियाँ एप डीपसीकले उथलपुथल पारेको अमेरिकी शेयर बजार आयो ट्रयाकमा
-
अमेरिकी सहयोग र अनुदान कटौतीबारे ह्वाइट हाउसले दियो प्रतिक्रिया