नेवार समुदायको म्हपूजा र तिहार
नेवार समुदाय मौलिक संस्कृतिमा अत्यन्तै धनी छ । अधिकांश नेपालीले मनाउने दसैँ–तिहारलाई नेवार समुदायले आफ्नै ढंगले मनाउने गर्छन् ।
नेवार समुदायमा तिहारको पाँच दिनअन्तर्गत पहिलो दिन कागको पूजा, दोस्रो दिन कुकुरपूजा गर्ने, औँसीको दिन लक्ष्मीको पूजा गरिन्छ । कार्तिक शूल्क प्रतिपदाको दिन धन पूजा गर्ने, सोही दिन म्हःपूजा पनि सुरु हुन्छ ।
लक्ष्मी पूजाको दिन लक्ष्मीलाई चौरासी व्यञ्जन खानेकुरा तयार गरेर पूजा गर्नुपर्ने हुन्छ । जति खानेकुरा पाइन्छ, सबै चढाउनुपर्छ । धनसम्पत्ति, गहना के के छन्, सबै राखेर पूजा गर्नुपर्छ । दसैँमा भगवतीलाई भोग दिएको मासु, जुन सुकाएर राखिएको हुन्छ, त्यो पनि लक्ष्मीलाई पनि चढाउनुपर्छ ।
लक्ष्मीपूजाका दिन आफूसँग भएका अन्नपात धान, चामल, पैसा सबै राखेर पूजा गर्ने चलन छ । लक्ष्मीपूजा पछि केहीबेर तास खेल्नुपर्ने समेत मान्यता छ । राणाकालमा तिहारका बेला जुवा खुलाउने चलन पनि थियो ।
लक्ष्मीपूजाको भोलिपल्ट म्हपूजा हुन्छ, जुन आफ्नो आत्माको पूजा हो, यस्तो पूजा अन्य समुदायमा हुँदैन । यो नेवाःहरूको आफ्नो मौलिक संस्कृति हो यो । अष्ट महाभयबाट मुक्ति पाउनकै लागि म्हपूजा गरिने हो । राजाको भय, चोरको भय, पानीको भय, आगोको भय, शत्रुको भय, हावाको भय, चट्याङको भय र भूकम्पको भय— यी आठ प्रकारका भयबाट बच्ने कामना र प्रार्थनासहित म्हपूजा गरिन्छ ।
म्हपूजामा सप्तवृद्धिको कामना पनि गरिन्छ । अर्थात् सात कुरा (आयु, यश, विद्या, सुख, आरोग्य, धन र सन्तान)को वृद्धि होस् भनी कामना गरिन्छ ।
सुरुमा पुरुषले मात्रै म्हपूजा गर्थे । यो कालखण्डदेखि म्हपूजा सुरु भयो भन्न सकिँदैन । लिच्छिविकालदेखि यो पूजा सुरु भएको हुनुपर्छ । मैले खोज्दै जाँदा थली भन्ने ठाउँबाट म्हपूजा गर्न थालिएको भन्ने पाएको छु ।
म्हपूजाको सुरुमा संकल्प गर्नुपर्छ । आफ्नो जन्मतिथि र मिति, गोत्र, कुल–वंशज, मूल नाइके, आफ्ना परिवारका सदस्य सबैको नाम लिएर संकल्पसहित पूजा गर्ने चलन हुन्छ ।
म्ह भनेको आत्मा हो । पूजा भनेको सिद्धि वा शक्ति हासिल गर्ने विधि हो । म्हपूजा भनेको आफूलाई रक्षा गर्नका लागि पूजा गर्ने पद्धति हो ।
आयुर्वेदिक शास्त्र अनुसार, हाम्रो शरीरसँग सम्बन्धित २४ वटा तत्त्व छन् । मूल तत्त्व अन्तर्गत अहंकार, मन, दश इन्द्रीय, पञ्चमहाभूत पर्छन् । यस्तै परशुरामतन्त्र अनुसार ३६ वटा तत्त्व छन्— स्थूल शरीर, सूक्ष्म शरीर, कारण शरीर, पञ्चमहाभूत, पञ्च ज्ञानेन्द्रीय लगायत ।
तत्त्वको चिन्तनले वायु सञ्चार हुन्छ । वायुको सञ्चारले शरीर स्वस्थ हुन्छ । स्वस्थ शरीरले दीर्घजीवी हुन्छ भन्ने शास्त्रमा बताइएको छ ।
कार्तिक शुल्क प्रतिपदाको दिनलाई नेपाल संवत् अनुसार नयाँ वर्षका रूपमा मनाइन्छ । यो दिन मिठा खानेकुरा खाने गरिन्छ । यस्तै आफ्नो घर, टोल, छिमेकमा नेवार संस्कृतिका बाजागाजासहित विभिन्न झाँकी प्रदर्शन गरिन्छ । यो संवत् शंखधर साख्वाले गरिबहरूको ऋण तिरिदिएर मनाउन सुरु गरेको हो ।
- कृषि युगसँगै म्हपूजा
प्रारम्भिक कृषि प्रणालीको युगदेखि वा लिच्छविकालदेखि नै म्हपूजा सुरु भएको हुनुपर्दछ ।
पहिले अन्नबाली धेरै फलाउनका लागि गाईवस्तुको मल वा जमिन मुनिबाट कालो माटो निकालेर खेतबारीमा हाल्ने चलन थियो । क्वँ कायगो अर्थात् कालो माटो मलको रूपमा प्रयोग हुन्थ्यो ।
कालो माटो झिक्न गाह्रो हुन्छ । जमिनमा गहिरो खाल्टो पर्दै जाँदा माटो झिक्न जानेहरु माटो खसेर पुरिने पनि सम्भावना हुन्थ्यो । खाडलमा पसेर ज्यान जोगाएर फर्किएको मान्छेले आफ्नो आत्मालाई पूजा गरेर सगुन लिने चलन थियो । सुरुमा पुरुषले मात्रै म्हपूजा गर्थे ।
यो कालखण्डदेखि म्हपूजा सुरु भयो भन्न सकिँदैन । लिच्छिविकालदेखि यो पूजा सुरु भएको हुनुपर्छ । मैले खोज्दै जाँदा थली भन्ने ठाउँबाट म्हपूजा गर्न थालिएको भन्ने पाएको छु ।
राजा नरेन्द्रदेवका पालामा मच्छिन्द्रनाथलाई नेपाल ल्याइएको थियो । धान फलाउनकै लागि मच्छिन्द्रनाथलाई काठमाडौँ उपत्यकामा ल्याइएको कथा पाइन्छन् ।
म्हपूजाका लागि ओखर, फलफूलहरू चाहिन्छ, आफ्नो आसनअगाडि मण्डप बनाइन्छ । आत्मा सम्झेर त्यो मण्डपलाई गरिन्छ । परिवारको सबैभन्दा जेठी थकाल्नीले सबैलाई सगुन दिने, पूजा गरेको प्रसाद दिने चलन हुन्छ ।
म्हपूजाको भोलिपल्ट भाइटिका मनाइन्छ । तिहारमा अन्य समुदायमा दिदीबहिनीले दाजुभाइलाई सप्तरंगी टिका लगाउने गरे पनि नेवार समुदायमा भने यो चलन हुँदैन । मखमली फूलको माला, ओखर आदि चाहिन्छन्, तर पूजा गर्ने विधि चाहिँ फरक हुन्छ ।
बाहुन–क्षेत्री समुदायमा दिदीबहिनीले पानी र तेलको धारा लगाउँदै तीन फेरा घुम्नेजस्तो चलन नेवार समुदायमा हुँदैन । आफू बसेको स्थानअगाडि म्हपूजाको दिनमा जस्तै मण्डप बनाइन्छ र त्यसलाई यमराज भनेर पूजा गरिन्छ । त्यहाँ विभिन्न प्रकारका फलफूल चढाइन्छ । दिदीबहिनीले दाजुभाइलाई माला लगाएर सगुन दिने, दाजुभाइले उपहार दिने चलन छ । यमराजबाट आफ्ना दाजुभाइको रक्षा होस् भन्ने उद्देश्यले नै यो सब गर्ने चलन हो । यद्यपि उद्देश्य एउटै भए पनि अन्य समुदायले भन्दा नेवार समुदायले अलि फरक ढंगले तिहार मनाउँदै आएका छन् ।
(संस्कृतिविद् कायस्थसँग शम्भु दंगालले गरेको कुराकानीमा आधारित ।)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दुई महिनामा २ अर्ब ३६ करोड रुपैयाँ रकमान्तर, दुई परिवारलाई २५ लाख आर्थिक सहायता
-
नयाँ प्रमुख नियुक्त गरेर सुरक्षण मुद्रण केन्द्रलाई अघि बढाउँछु : मन्त्री गुरुङ
-
‘पटका पट्काउँदा वातावरण प्रदूषण हुन्छ’
-
दक्षिण अफ्रिकाकासँग केही लागेन बंगलादेशको, पाली अन्तरले पराजित
-
तिहारमा झिनियाँसँगै तयारी रोटीको माग उच्च
-
तिहारका लागि २५ करोडको बत्ती आयात