बुधबार, ०९ माघ २०८१
ताजा लोकप्रिय
तिहार

कसरी खाने भाइमसला ? पोषणविद्ले दिए यस्तो टिप्स (भिडियोसहित)

बिहीबार, १५ कात्तिक २०८१

सामान्यतया एउटा मानिसले दिनमा कति खाना खाने भनेर आकलन गर्न मुस्किल पर्छ । व्यस्त जीवनशैली र अव्यवस्थित खानपानका कारण स्वास्थ्यमा विभिन्न समस्या देखापर्छन् । सामान्य व्यक्तिले सन्तुलित भोजनका लागि बिहानको खाजादेखि रातिको खाना समेत गरी दिनमा ७०.६ ग्राम प्रोटिन र १८२२.५ क्यालोरी खाना खानुपर्छ । 

यद्यपि चाडपर्वका बेला हामीले शरीरलाई आवश्यकभन्दा बढी खाना खाइरहेका हुन्छौँ । यसले हामीलाई फाइदाभन्दा बेफाइदा गरिरहेको हुन्छ । तिहारमा सबैभन्दा बढी भाइमसला, सेलरोटी, माछामासु, मिठाई आदि खाने चलन छ । 

भाइमसला सबै खालको पोषणले भरिपूर्ण भएका खाद्यवस्तुले भरिएको हुन्छ । साथै यसमा हाम्रो स्वास्थ्यलाई बेफाइदा पुर्‍याउने तत्त्व पनि हुन्छन् । जस्तोे : मिश्री, चिनी । यसको धेरै उपभोग गर्दा स्वास्थ्यमा असर पुग्छ । यी खाद्यवस्तुलाई मात्रा मिलाएर खाएमा फाइदा पनि गर्छ । धेरै मात्रामा खाँदा हाम्रो शरीरमा बोसो जम्मा हुन जान्छ । जसले विभिन्न खालका रोग निम्त्याउँछन् । 

एउटा ओखर, दुईवटा काजुु, तीनदेखि चारवटा बदाम, एक–दुईवटा छोकडा खाँदा शरीरले पचाउन सक्छ । यसरी खाँदा पनि स–साना टुक्रा बनाएर खानुपर्छ । एक दिनमा योभन्दा बढी खानु हुँदैन ।

यी र यस्ता खाद्यवस्तुको मात्रा मिलाएर खाएमा ओमेगा, बोसो, मिनिरल्स लगायत शरीरलाई आवश्यक तत्त्व प्राप्त गर्न सक्छौँ । तिहारमा दाजुभाइलाई दिदीबहिनीले दिएको भाइमसला एकैपटक खानु हुँदैन, थोरै–थोरै खानुपर्छ । काजु, किसमिस, छोकडा आदि एकैपटकमा धेरै खानुभयो भने सुगर, कोलेस्ट्रोल आदि बढ्न सक्छ ।

मुटुका बिरामीले काजु बढी खाँदा हानिकारक हुन सक्छ । सामान्य मान्छेले पनि काजु अन्य खाद्यपदार्थमा थोरै मात्रामा मिलाएर खानुपर्छ । सबै खाद्यवस्तुको सन्तुलन मिलेमा शरीरलाई फाइदा गर्छ ।

sajila shrestha  (2)-001

एउटा ओखर, दुईवटा काजुु, तीनदेखि चारवटा बदाम, एक–दुईवटा छोकडा खाँदा शरीरले पचाउन सक्छ । यसरी खाँदा पनि स–साना टुक्रा बनाएर खानुपर्छ । एक दिनमा योभन्दा बढी खानु हुँदैन । 

तिहारमा विभिन्न थरी मिठाई, सेलरोटी आदि पाक्छन् । यसमाथि माछामासु पनि खाने गरिन्छ । चाडबाडमा पारिवारिक भेटघाट हुन्छ, घरमै फुसर्दिलो भएर बसेका हुन्छौँ र शारीरिक व्यायाम त्यति हुँदैन । त्यसैले एकैपटक धेरै खाँदा पचाउन समस्या हुन्छ । 

मासु, सेलरोटी आदिसँगै हरियो तरकारी, चना, गेडागुडी आदि पनि खानुपर्छ । यस्तै, मिठाइ खाँदा दही पनि खान सकिन्छ । यसरी मिलाएर खाँदा स्वास्थ्यमा असर पर्दैन र तिहार पनि रमाइलो हुन्छ । 

खानाको आवश्यकता व्यक्तिपिच्छे फरक हुन्छ । कति क्यालोरी चाहिने भन्ने पनि व्यक्तिपिच्छे फरक हुन्छ । चाडबाडमा प्रायःले मासु बढी खान्छन् । एक–दुई चोक्टा मासुलाई सामान्यतः पचाउन सकिन्छ । खानासँगै पानी पिउन पनि ध्यान दिनुपर्छ । हाम्रो शरीरले पानी मागिहेको हुन्छ, तर हामीले कोल्ड ड्रिंक्स खाइरहेका हुन्छौँ । यसले गर्दा हाम्रो शरीरलाई हानि गरिरहेको हुन्छ । 

तिहारमा मिठाईहरू खान्छौँ, त्यसमा चिनीको मात्रा बढी हुन्छ । त्यसैले मिठाइहरु बढी खानु हुँदैन, सुगर लगायत समस्या निम्त्याउन सक्छ । 

सांंस्कृतिक रूपमै हामीले मादक पदार्थलाई प्राथमिकता दिएका हुन्छौँ । मादक पदार्थले शरीरलाई हानि नै पुर्‍याउँछ । त्यसैले हामीले सगुनका रूपमा लस्सी, दहीहरू दिन सक्छौँ । 

(श्रेष्ठ पोषणविद् हुन् ।)

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया