चीनले बनायो चन्द्रमामा प्रयोग गर्न मिल्ने इट्टा

बेइजिङ । चिनियाँ वैज्ञानिकहरूले चन्द्रमामा प्रयोग गर्न सकिने इट्टा बनाएका छन् । यी इट्टालाई निकट भविष्यमा चन्द्रमाको सतहमा पहिलो आधार र घर बनाउन प्रयोग गर्ने आशा गरिएको छ ।
चन्द्रमामा मानव बस्ती बसाल्नेबारे चीनले ठुलै योजना बनाएको छ । यो कुरा कसैसँग पनि छिपेको छैन । यो वर्षको सुरुमा चीन चन्द्रमाको अँध्यारो हिस्सामा अनुसन्धान गरेर त्यहाँको बहुमूल्य माटोको नमुना ल्याउने पहिलो देश बनेको थियो ।
चीनले अब चन्द्रमामा मान्छे पठाउने खोजेको छ । तर योभन्दा अघि नै उसले त्यहाँ आधार र अन्य संरचना बनाउने योजना सुरु गरिसकेको छ । चीनले यी इट्टालाई आगामी वर्षको अन्त्यमा परीक्षणका लागि चन्द्रमामा पठाउनेछ ।
यो इट्टा हुआचोङ युनिभर्सिटी अफ साइन्स एन्ड टेक्नोलोजीमा रहेको नेशनल डिजिटल टेक्नोलोजी इनोभेशन सेन्टरका विज्ञहरूको टोलीले बनाएको हो । यी इट्टाको संरचना एसेम्बल गर्न सजिलो हुने गरी बनाइएको छ ।
यी इट्टा साधारण इट्टाको तुलनामा तीन गुण बढी बलियो छ । अर्थात् एक वर्ग सेमीमा यसले एक टनभन्दा बढीको तौल भार सहन सक्छ । यो इट्टाले चन्द्रमामा पर्ने ब्रहाण्डीय विकिरणको प्रभाव सहन सक्छ कि सक्दैन भनेर पनि हेरिनेछ ।
चीनले तियानचाउ–८ कार्गो अन्तरिक्षयानमा यी इट्टालाई चन्द्रमामा पठाउनेछ । त्यसअघि भने इट्टा चन्द्रमामा संरचना निर्माणका लागि सुहाउँदो छन् कि छैनन् भन्ने पत्ता लगाउन यसमाथि व्यापक परीक्षण गरिनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा सार्वजनिक, के–के छन् नयाँ व्यवस्था (पूर्णपाठसहित)
-
पशुपतिमा चुस्त सुरक्षा व्यवस्थापन : महँगा गहना लगाएर नआउन अनुरोध
-
१० बजे १० समाचार : अडियो प्रकरणले लियो ज्यान, अब ईभी किन्न कठिन
-
६० लाख खर्च गरेर २५ जोडीको सामूहिक विवाह गरिने
-
नेपालगञ्जमा भ्यानको ठक्करबाट एक बालकको मृत्यु
-
पाल्पामा मगर दिवस मनाउन सार्वजनिक बिदा