लुम्बिनीलाई हराउन बागमती प्रदेशले २७९ रन बनाउनु पर्ने
काठमाडौँ । विराटनगरमा जारी नरेश श्रेष्ठ मेमोरियल वाई वाई यू–१९ एकदिवसीय पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिताको बिहीबार सम्पन्न खेलमा लुम्बिनी प्रदेशले बागमती प्रदेशलाई जितका लागि दुई सय ७९ रनको विशाल लक्ष्य दिएको छ ।
टस जितेर पहिले ब्याटिङको निर्णय लिएको लुम्बिनी प्रदेशले निर्धारित ५० ओभरमा सात विकेट गुमाएर दुई सय ७८ रन बनाए । लुम्बिनी प्रदेशका लागि तीन ब्याट्सम्यानले उत्कृष्ट अर्धशतकीय पाली खेले । कप्तान समेत रहेका ओपनर आकश त्रिपाठीले ७७ रन बनाए । उनले ९८ बलमा एक छक्का र ११ वटा चौका पनि हिर्काए ।
जारी प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्दै आएका सन्तोष यादबले पनि टोलीका लागि ६३ रनको योगदान गरे । उनले ६१ बलको सामना गरी एक छक्का र सात चौका पनि हिर्काए । छैटौँ नम्बरमा क्रिज समाल्न आएका दिलसाद अलीले पनि अविजित ५४ रन बनाए ।
आक्रामक रुपमा प्रस्तुत भएका विकेटकिपर ब्याट्सम्यान दिलसाद अलीले केवल ३६ बलको सामना गरी दुई छक्का र पाँच चौका पनि हिर्काए । ओपनर सेराज बागवनले टोलीको खातामा २१ रन थपे । दर्श सोनारले १६ रन जोडे । नर सार्कीले पनि १५ रन बनाए ।
लुम्बिनी प्रदेशले अतिरिक्त रुपमा पनि १८ रन पायो । बागमती प्रदेशका बलर दिनेश बिष्ट र दयानन्द मण्डलले दुई–दुई विकेट लिए । रोसन विश्वकर्मा र दिपक सेरलाले पनि एक–एक विकेट हात पारे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हिजबुल्लाहको डरले नेतान्याहुले स्थगित गरे छोराको बिहे
-
सहकारी प्रकरणमा दोषी देखिएका सवैमाथि अनुसन्धान र कारबाही हुन्छः पोखरेल
-
नेता शाहीको नेतृत्वमा ‘मेची–महाकाली युवा संकल्प अभियान’ हुँदै
-
कलाकार र सञ्चारकर्मीसँग देउसीमा छमछमी नाचे प्रचण्ड
-
तिहार चाड एक, मनाउने तरिका अनेक
-
साफ फुटबलका खेलाडीलाई तिहारलगत्तै पुरस्कार दिने प्रधानमन्त्रीको घोषणा