उपविजेता बनेको नेपाली टोलीका खेलाडीलाई सरकारले जनही तीन लाख दिने
_7o9zWZjucD.jpg)
काठमाडौँ । साफ महिला च्याम्पियनसिपको सातौँ संस्करणमा उपविजेता बनेको नेपाली फुटबल टोलीलाई सरकारले जनही तीन लाख रुपैयाँ नगद पुरस्कार प्रदान गर्ने भएको छ । राष्ट्रिय खेलकुद परिषद् (राखेप) का अनुसार, टोलीका प्रत्येक खेलाडीले तीन लाख रुपैयाँ पुरस्कार पाउने छन् ।
यसैगरी, नेपाली टोलीका मुख्य प्रतिक्षकलाई दुई लाख रुपैयाँ प्रदान गरिने जानकारी राखेपका सदस्यसचिव टंकलाल घिसिङले दिए । टोलीका ब्यवस्थापक, सहायक प्रशिक्षक र फिजियोले पनि जनही एक लाख २० हजार रुपैयाँ नगद पुरस्कार पाउने छन् ।
दशरथ रंगशालामा बुधबार राति सम्पन्न साफ महिला च्याम्पियनसिपको फाइनलमा बंगलादेशले नेपाललाई २–१ गोलले हराएको थियो । नेपाली टोली साफ महिला च्याम्पियनसिपको इतिहासमा छैटौँ पटक उपविजेतामा समेटिएको हो ।
अघिल्लो संस्करणको फाइनलमा पनि नेपाली टोली बंगलादेशसँगै पराजित भएको थियो । यसपटक उपविजेता बनेको नेपाली टोलीलाई काठमाडौँ महानगरपालिकाले बुधबार राति नै २५ लाख रुपैयाँसहित सम्मान गरेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मन्त्रालय बाँडफाँड गरेर शासन चलाउन एमालेसँग सहकार्य गरेका होइनौँ : एनपी साउँद
-
सैलुनमा एसी र इन्भर्टर जोड्न दिने तोकादेश तथ्यहीन र अतिरञ्जित – उपमहानगरपालिका
-
दाउन्नेमा मन्त्री दाहालको निरीक्षण, मनसुन अगावै सक्न निर्देशन
-
उपप्रधानमन्त्री सिंहले गरे कीर्तिपुरस्थित क्रिकेट स्टेडियमको छड्के अनुगमन
-
मधेस सरकारले सर्वोच्चलाई झुक्याउँदै सांसदलाई बाँड्यो अर्बौं रकम
-
प्यालेस्टाइनमाथि इजरायली आक्रमणको विरोधमा प्रदर्शन