करार कर्मचारीलाई कात्तिकको तलब दिएर बिदा गर्ने पोखरा महानगरको निर्णय
बिहीबार, १५ कात्तिक २०८१, ११ : ०९

पोखरा । पोखरा महानगरपालिकाले करारका कर्मचारीलाई कात्तिक महिनासम्मको तलब दिएर बिदा दिने निर्णय गरेको छ ।
महानगरको कार्यपालिका बैठकले अन्तिम पटक कात्तिकसम्मको म्याद थपेको हो । यसअघि पुसमा बसेको बैठकले साउन १ गतेदेखि बिदा गर्ने निर्णय गरेको थियो । तर एमालेले सहमति नगरेपछि पुनः असोजसम्मको म्याद थपिएको थियो ।
वडा नम्बर १३ का वडाध्यक्ष किरण बरालका अनुसार कात्तिकपछि करार कर्मचारीको म्याद थप हुनेछैन । `बैठकले सर्वसम्मत निर्णय गरेको छ । अब कात्तिक मसान्तपछि उहाँहरू बिदा हुनुहुन्छ,´ उनले भने ।
कांग्रेसले करार कर्मचारी ननिकाले ताला लगाउने चेतावनी दिएको थियो । त्यसपछि बैठक बसेको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गुजरातको गर्जन कायमै, कोलकातालाई कष्ट
-
मर्स्याङ्दी जलविद्युत प्रभावित १९ परिवालाई मुआब्जा वितरण, प्रतिरोपनी एक करोड ८४ लाख
-
जुम्लामा आजदेखि दुई दिन हिमाली संवाद, कर्णालीको ८ जिल्लाका युवा सहभागी हुँदै
-
पालिकामा भएको बहुमुखी सहकारी संस्थामा पनि ८५ लाख बढी हिनामिना
-
१२ बजे, १२ समाचार : शिक्षामन्त्रीको राजीनामाले आन्दोलन नरोक्ने शिक्षकहरुको चेतावनीदेखि निजामती कर्मचारीलाई दोहोरो सुविधामा लगामसम्म
-
कक्षा १२ को परीक्षाबारे निर्णय गर्न मंगलबार बोर्डको बैठक बस्ने