१७ वर्षीय इथानको गोलसँगै आर्सनल काराबाओ कपको क्वार्टरफाइनलमा

काठमाडौँ । आर्सनल इङ्लिस लिग कप (काराबाओ कप) फुटबल प्रतियोगिताको क्वार्टरफाइनलमा प्रवेश गरेको छ । बुधबार राति सम्पन्न चौथो चरणको खेलमा प्रिस्टनलाई ३–० गोलले हराउँदै आर्सनल प्रतियोगिताको क्वार्टरफाइनलमा पुगेको हो ।
भ्रमणकारी टोली आर्सनलले खेलको पहिलो हाफमा दुई र दोस्रो हाफमा एक गोल गरेको थियो । एकपक्षीय खेलको २४औँ मिनेटमा ग्याब्रियल जिससले आर्सनलका लागि पहिलो गोल गरेका थिए । ३३औँ मिनेटमा इथान न्वानेरीले टोलीको अग्रता दोब्बर बनाएका थिए ।
१७ वर्षीय मिडफिल्डर इथानले खेलमा उत्कृष्ट प्रदर्शन गरेका थिए । निर्धारित समयको ५७औँ मिनेटमा काई हाभरेजले आर्सनलका लागि तेस्रो गोल थपेका थिए । खेलको प्रारम्भदेखि नै आर्सनलले प्रिस्टनलाई दबाबमा राखेको थियो ।
आर्सनलले प्रतियोगिताको क्वार्टरफाइनलमा क्रिस्टल प्यालेसको सामना गर्नेछ । आर्सनलले हालसम्म दुईपटक काराबाओ कपको उपाधि जितिसकेको छ । तर, आर्सनलले सन् १९९२–९३ सिजनपछि काराबाओ कपको उपाधि चुम्न सकेको छैन ।
आर्सनल हालसम्म ६ पटक यो प्रतियोगिताको उपविजेता बनेको छ । पछिल्लो पटक सन् २०१७–१८ सिजनमा आर्सनल फाइनलमा पराजित भएको थियो । प्रतियोगिताको अन्य क्वार्टरफाइनल खेल न्युक्यासल युनाइटेड र ब्रेन्टफोड, साउथएम्पटन र लिभरपुल, टोट्टनहाम र म्यानचेस्टर युनाइटेडबिच खेलिने छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सबै वडामा आफ्नै भवन बनाउने अभियानमा नेपालगञ्ज उपमहानगरपालिका
-
ला लिगा फुटबलमा इस्पानियोल विजयी
-
१२ बजे, १२ समाचार : प्रधानमन्त्री र आन्दोलनरत शिक्षकबीच वार्तादेखि गभर्नरमा गुणाकरलाई रोक्ने प्रयाससम्म
-
नेपाली समाज भारतको नवौँ राष्ट्रिय सम्मेलन सम्पन्न
-
बसाइँ सरेको १८ वर्षपछि वेदबहादुर पुन: आफ्नै गाउँ फर्किए
-
बालुवाटारमा प्रधानमन्त्री र आन्दोलनरत शिक्षकबीच वार्ता