बलिउड फिल्म 'भुलभुलैया ३' लाई रोक्यो सेन्सरले, नेपालमा प्रदर्शन अनिश्चित
बिहीबार, १५ कात्तिक २०८१, ०८ : ४०
काठमाडौँ । कार्तिक आर्यन स्टारर बलिउड फिल्म ‘भुल भुलैया ३’ को नेपाल प्रदर्शन अनिश्चित बनेको छ । भोलि (शुक्रबार)बाट प्रदर्शनमा आउने तयारीमा रहेको यो चलचित्रलाई सेन्सर बोर्डले रोकिदिएपछि प्रदर्शन अनिश्चित बनेको हो ।
चलचित्रलाई हिजो मात्र सेन्सर बोर्डमा पेस गरिएको थियो । अन्तिम समयमा चलचित्र ल्याइएको र अध्ययनको लागि पर्याप्त समय नभएकोले चलचित्रको प्रदर्शन रोकिएको बोर्ड सदस्य भुपेन्द्रकुमार खड्काले रातोपाटीलाई जानकारी दिए ।
चलचित्रमा आर्यनको अलावा विद्या बालन, माधुरी दीक्षित, रुह बाबा र तृप्ति डिमरी, विजय राज र राजपाल यादव लगायतको अभिनय रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
छ महिनामा २८ लाख फोरजी प्रयोगकर्ता थपिए, मोबाइल प्रयोगकर्ता ६१ लाखले घटे
-
जसपा नेपालको केन्द्रीय कार्यकारिणी समिति बैठक आज
-
एक निर्वाचन क्षेत्र : एक रणनीतिक सडकको काम सुस्त
-
४७ वर्षको अन्तरालमा आएका दुईवटा कालो दिन अर्थात् माघ १९
-
दोस्रो परदेश यात्राको तयारीमा शालीनदीस्थित माधवनारायणका व्रतालु
-
बागलुङमा रु २६ करोड ४६ लाखको सुन्तला बिक्री