उत्तर कोरियाले लामो दूरीको क्षेप्यास्त्र हानेको आशङ्का

प्योङयाङ । उत्तर कोरियाले लामो दूरीको क्षेप्यास्त्र प्रहार गरेको आशङ्का गरिएको छ । दक्षिण कोरियाको सेनाका अनुसार उत्तरले अन्तरमहादेशीय ब्यालिष्टिक मिसाइल हानेको जस्तो देखिएको छ ।
दुई कोरियाली देशबिच सम्बन्ध बिग्रिएकै समयमा उक्त क्षेप्यास्त्र प्रक्षेपण भएको छ । क्षेप्यास्त्र स्थानीय समयअनुसार बिहीबार बिहान ७ः१० बजे प्रहार भएको भनिएको छ ।
अमेरिकामा नोभेम्बर ५ मा राष्ट्रपतिको निर्वाचनको समय अघि उत्तर कोरियाले लामो दूरीको क्षेप्यास्त्र प्रहार गर्ने तयारी गरिरहेको भनेर दक्षिण कोरियाले बुधबार नै चेतावनी दिएको थियो । उत्तर कोरियाले यस अघि गएको वर्ष डिसेम्बरमा लामो दूरीको क्षेप्यास्त्र हानेको थियो ।
बिहीबारको प्रहारको आफूले निगरानी गरिरहेको र यो स्थानीय समयअनुसार ८ः४० बजे समुद्रमा खसेको हुन सक्ने जापानले पनि बताएको छ । युक्रेनमा रुसी युद्धलाई सघाउन किम जोङ्ग उनले आफ्नो सेना पठाएको भन्दै अमेरिका र दक्षिण कोरियाले आरोप लगाइरहेकै समयमा उत्तर कोरियाले बिहीबार क्षेप्यास्त्र हानेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तीनकुने घटनाको न्यायिक छानबिन गर्न माग
-
नेपालको समावेशिता र शान्तिपूर्ण रूपान्तरणको यात्रा विश्वकै लागि उदाहरणीयः सभामुख
-
चैत १५ गते गणतन्त्र रक्षाका लागि सडकमा जाँदा...
-
वी.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति डा. गिरीले के-के गरे काम ?
-
ओली शासनले निम्त्याएको मुठभेड
-
रविको आदेशमा सन्दीपको आदेशको अंश ‘कपी’ हुनु सामान्य कि गम्भीर ?