शैलुङमा स्वास्थ्य शिविर : ५ सय ३० जनाको आँखा परीक्षण

चरिकोट । दोलखाको शैलुङ गाउँपालिका वडा नम्बर ८ मा रहेको शारदा माविमा आयोजना गरिएको निःशुल्क मोतीबिन्दु शल्यक्रिया शिविरमा ५ सय ३० जनाको आँखा परीक्षण गरिएको छ ।
माट्रिका आँखा केन्द्र पुरानो बानेश्वर काठमाडौँको आयोजना फाइट फर लाइफ नेपाल काठमाडौँ सहआयोजना र शैलुङ गाउँपालिका वडा नम्बर ८ द्वारा आयोजित शिविरमा ५८ जना आँखाका रोगीहरूको अप्रेसन गरिएको माट्रिका आँखा केन्द्रका प्रशासकीय प्रमुख कल्याण ढुङ्गानाले बताए ।
शिविरमा नेत्र रोग विशेषज्ञ डाक्टर दीक्षा मल्लको नेतृत्वमा मोतीबिन्दुको अप्रेसन भएको फाइट फर लाइफ नेपाल काठमाडौँको अध्यक्ष हेमा मानन्धरले बताइन् । मानन्धरका अनुसार शिविरमा ५० जनालाई निःशुल्क चस्मा पनि वितरण गरिएको छ ।
चस्मासँगै ओषधी पनि वितरण गरिएको छ । राप्रपाका केन्द्रीय सहायक कोषाध्यक्ष एवम् समाजसेवी शोभित उप्रेतीले शिविर आयोजनाका लागि पहल गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘राजा फर्काउने’ भनिएको मोर्चामा दुई राजावादी हस्तीलाई नै बाइपास ?
-
सुदूरपश्चिममा स्थानीय तहका कर्मचारीको आन्दोलन, आर्थिक गतिविधि प्रभावित
-
कमल थापाले पनि बोलाए केन्द्रीय कार्यसम्पादन समितिको बैठक
-
राप्रपाको ‘अर्थपूर्ण’ केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
-
चोलेन्द्रविरुद्धको महाभियोग अलपत्र पर्दा रोकिए सात फैसलाका पूर्णपाठ
-
आज ६ वटा संसदीय समितिको बैठक बस्दै, यस्ता छन् कार्यसूची