महाकविको ११६ औँ जन्मजयन्तीको अवसरमा कविता वाचन
बुधबार, १४ कात्तिक २०८१, २२ : ३०

काठमाडौँ । महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११६ औँ जन्मजयन्तीको अवसरमा आज कविता वाचन गरिएको छ । नेपाल प्रज्ञा–प्रतिष्ठान र महाकवि लक्ष्मीप्रसाद देवकोटा सङ्ग्रहालयले यहाँ आज आयोजना गरेको कविता वाचन कार्यक्रममा कविहरुले मुलुकको राजनीतिक परिस्थितिलाई व्यङ्ग्य गर्दै समसामयिक विषयमा कविता वाचन गरेका थिए ।
कविहरु बाला बस्नेत, शैलेन्द्र साकार, नरनाथ लुइँटेल, शेखर आचार्य, पुरुषोत्तम सुवेदी, अनिता लामा, जीवनाथ धमला, डा.पद्मप्रसाद देवकोटा, मनोज न्यौपाने, प्रमोद शर्मा दाहाल, गणेशकुमार राई, मीना थिङ, चेतनाथ धमला, रेणुका भट्टराई र घना भट्टराईलगायतले महाकवि देवकोटा, प्रकृति र देशको समसामयिक विषयमा कविता वाचन गरेका थिए ।
सोही अवसरमा प्रतिष्ठानका कुलपति भूपाल राईले प्रतिष्ठानले महाकवि देवकोटाबारे थप अध्ययन र अनुसन्धान गर्ने योजना सुनाए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मुग्लिन पोखरा सडक : दमौली बजार खण्डमा दोस्रो चरणको कालोपत्रे सुरु
-
आज यस्तो छ अमेरिकी डलर, युरो, पाउण्ड, अष्ट्रेलियन डलर, क्यानेडियन डलर र चिनियाँ युआनको मूल्य
-
जर्मन बुण्डेस लिगामा हिडेनहाइम विजयी
-
म्याग्दीको बेनी नगरपालिकामा ‘आमा समूहसँग उपमेयर’ कार्यक्रम
-
आईपीएल : पुछारमै थन्कियो चेन्नई, हैदरावाद उक्लियोआठौं नम्बरमा
-
झापाको मेचीनगर नगरपालिकामा अनुगमन तीब्र, खाद्य उद्योगलाई जरिवाना