ओलीले राजीनामा दिनुपर्छ: साह
काठमाडौँ । आम जनता पार्टी (आजपा) का अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साहले प्रधानमन्त्री केपी शर्मा ओली सरकार सञ्चालन गर्न अक्षम रहेको दाबी गरेका छन् ।
सरकारी उद्योग सञ्चालन गर्न नसकेर सरकारले निजिकरण गर्ने निर्णयमा पुगेको भन्दै साहले त्यसको विरोध गरे । सरकारको यस्तो कार्यको आलोचना गर्दै उनले सरकारी उद्योग बिचौलिया व्यापारीसँग साठगाँठ गरेर बेच्न लागेको सामाजिक सञ्जाल फेसबुकमार्फत गम्भीर आरोप लगाए।
‘प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले सरकारी उद्योगहरूलाई चलाउनुको सट्टा बिचौलिया ब्यापारीहरूसंग बेचन खेलमा लागेको छ । अर्थात सरकारी उद्योगहरू निजीकरण हुँदैछ । जाबो एउटा उद्योग चलाउन नसक्ने सरकारले देश कसरी चलाउन सक्छ ? भन्ने गम्भीर प्रश्न खडा भएको’ आजपा अध्यक्ष साहले भने, ‘एउटा सामान्य व्यक्तिले गर्न सक्ने काम पनि दुई तिहाइको सरकारले गर्न नसक्ने भए पछि प्रधानमन्त्रीलाई कुर्सीमा बस्न मिल्छ कि मिल्दैन ? सबैले बिचार गर्न जरुरी छ ।’
सरकारी उद्योग चलाउन नसक्ने ओली नेतृत्वको सरकार अक्षम भएको बताउँदै उनले ओलीले तत्काल राजीनामा दिनुपर्ने धारणा राखे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आज यी ६ प्रदेशमा वर्षको सम्भावना
-
प्रिमियर लिगमा नटिङघमलाई सफलता
-
अमेरिकी डलरको भाउ निरन्तर उकालो, अन्य विदेशी मुद्रा कसको मूल्य कति ?
-
आज गणेशको बार, कसलाई कति फलदायी ? हेर्नुहोस् राशिफल
-
रियाल मड्रिड कोपा डेल रे’को अन्तिम १६ मा
-
एसी मिलान इटालियन सुपरकप च्याम्पियन, लगातार चौथो उपाधि जित्ने इन्टरको सपना चक्नाचुर