जनकपुरलाई सफा राख्न मुख्यमन्त्री सिंहको आग्रह

वीरगन्ज । मधेस प्रदेशका मुख्यमन्त्री सतिस सिंहले प्रदेशको राजधानी जनकपुरलाई सफा राख्न आग्रह गरेका छन् ।
बुधबार ‘सीएम सतिस सिंह नामक सामाजिक सञ्जालमा एक भिडिओ पोस्ट गर्दै मुख्यमन्त्री सिंहले यस्तो आग्रह गरेका हुन ।
जनकपुर धार्मिक, पौराणिक, सांस्कृतिक र पुरातात्त्विक सहर भएको सर्वविदित नै रहेको उनको भनाइ छ । पवित्र भूमि फोहोरको सहर भएको सर्वत्र चर्चा हुने गरेको उनले बताए ।
उनले ‘जनकपुर सहर, फोहोरको सहर’ रहेको आम जनमानसमा रहेको पाइएको बताए ।
सडकमा फोहोर थुपारिने भएकाले झन् चारैतिर नकारात्मक सन्देश गइरहेको भन्दै मुख्यमन्त्री सिंहले यो विकृतिलाई रोक्नुपर्ने बताए ।
उनले भने, ‘दीपावली, छठसहित विवाह महोत्सव आइरहेका छन् । जहाँ लाखौं भक्तजनहरू आउँछन् । त्यसकारण पवित्र भूमिलाई स्वच्छ बनाउन हामी सबैले संकल्प लिनुपर्छ । सबैले हातेमालो गरेमा यो सम्भव हुनेछ ।’
मुख्यमन्त्री सिंहले सम्बन्धित ठाउँमा मात्रै फोहोर राख्न आग्रह गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
साविक विजेता मच्छिन्द्र बागमती गोल्डकपको फाइनलमा
-
नयाँ शक्तिद्वारा ३ महिने सांगठनिक अभियान प्रस्ताव
-
माधव नेपाललाई झलनाथको प्रश्न : समाजवादका नाउँमा जनतालाई किन ठग्ने ?
-
‘रोल मोडेल’ बन्न जनप्रतिनिधिलाई प्रचण्डको सुझाव, विज्ञले के भने ?
-
रेड पाण्डाबारे लेखिएको 'नेपालमा हाब्रे' पुस्तक विमोचन
-
सम्भावनाहरुलाई अवसरमा बदल्न आवश्यक छ : अध्यक्ष ढकाल