उपाधि जित्न नसकेपनि नेपाली खेलाडीले उत्कृष्ट खेले : प्रधानमन्त्री
बुधबार, १४ कात्तिक २०८१, २० : ४१

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले साफ महिला च्याम्पियनसिपको उपाधि जित्न नसकेपनि नेपाली खेलाडीले उत्कृष्ट खेलेको बताएका छन् ।
सामाजिक सञ्जाल फेसबुकमार्फत ओलीले अब टोलीको मेहनत अर्को खेल जित्नेगरी हुने समेत बताएका छन् ।
‘साफ महिला च्याम्पियनसिप फुटबलको उपाधि जित्न नसके पनि नेपाली खेलाडीले उत्कृष्ट खेले । हाम्रो मेहनत अब अर्को खेल जित्नेगरी हुनेछ । धन्यवाद नेपाली टोली’, ओलीले लेखेका छन् ।
बुधबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको फाइनलमा नेपाल बंगलादेशसँग पराजित भएको थियो ।
प्रधानमन्त्री आफैँ नेपाल र बंगलादेशबिचको खेल हेर्न रंगशाला पुगेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
स्वास्थ्य बीमामा देखिएका समस्या नीतिगत निर्णय गरेर समाधान गरिने
-
अन्तर्राष्ट्रिय कल बाइपास गरेको आरोपमा युवक पक्राउ
-
बुमराहको फिटनेस अपडेट, मुम्बईलाई झट्का
-
वर्षासँगै हट्यो काठमाडौँमा तुवाँलो–प्रदूषण पनि सामान्य बन्दै, खुल्यो मौसम (तस्बिरहरू)
-
१० वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा सशस्त्रका सइ पक्राउ
-
स्वास्थ्य सचिव नियुक्ति : प्रधानमन्त्रीले बाराकोटी, कांग्रेसले मिश्रा च्याप्दा बिचबाट यसरी फुत्किए विकास