निलम्बित मुख्यसचिवसहित १० जनाले सफाइ पाउँदा विकल र सफल किन भए दोषी ठहर ?

काठमाडौँ । विशेष अदालतले निलम्बित मुख्यसचिव डा. वैकुण्ठ अर्यालसहित १० जनालाई सफाइ दिँदा सुरक्षण मुद्रण केन्द्रका तत्कालीन कार्यकारी निर्देशक विकल पौडेल र निर्देशक सफल श्रेष्ठलाई दोषी ठहर गरेको छ । विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर, न्यायाधीशहरू खुशीप्रसाद थारु र रितेन्द्र थापाको इजलासले तत्कालीन कार्यकारी निर्देशक र निर्देशकको मात्र संलग्नता देखिएको भन्दै अन्य सबैलाई सफाइ दिएको हो ।
अन्तःशुल्क स्टिकरमा भएको भ्रष्टाचारमा अन्यको संलग्नता पुष्टि हुन नसकेको विशेषको फैसलामा उल्लेख छ । विशेषले यो विवादमा कात्तिक ५ गतेदेखि निरन्तर सुनुवाइ गर्दै बुधवार फैसला सुनाएको हो । यो फैसलापछि निलम्बित मुख्यसचिव अर्यालले भ्रष्टाचारको अभियोगबाट तत्कालका लागि भने उन्मुक्ति पाएका छन् ।
११ व्यक्ति र १ कम्पनीसहित १२ जनाविरुद्ध अन्तःशुल्क स्टिकर छपाइमा भ्रष्टाचार भएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ३८ करोड ६७ लाख १७ हजार ६ सय ४० रुपैयाँको बिगो दाबी गर्दै मुद्दा दायर गरेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रेशमलाई भेटेपछि सीकेले भने, ‘एकीकरणकै दिन किन पक्राउ गरियो ? यो धेरै ठुलो प्रश्न हो’
-
कृषि क्षेत्रको वृद्धिदर ३.२८ प्रतिशत हुने प्रारम्भिक अनुमान
-
प्रधानमन्त्री ओलीको टिप्पणी– लभ गर्न पनि नपाइने भयो कि क्या हो !
-
रेशमलाई पक्राउ गर्न पठाइएको पत्रबारे विवाद, छलफल गर्न सर्वोच्चमा बैठक
-
शिक्षकहरूसँगको वार्तामा गृहमन्त्री लेखक सहभागी
-
पुरानो मेडिकल कलेजमा न्यूरोसर्जरी सेवा पुनः सुरु