साफ महिला च्याम्पियनसिप
सुरु भयो नेपाल र बंगलादेशबीचको फाइनल खेल, खचाखच नेपाली समर्थक
बुधबार, १४ कात्तिक २०८१, १८ : ३२

काठमाडौँ । साफ महिला च्याम्पियनसिप फुटबल अन्तरगत नेपाल र बंगलादेशबीचको फाइनल खेल सुरु भएको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा बुधबार साँझ साढे ६ बजेदेखि फाइनल खेल सुरु भएको हो ।
नेपाल आज बंगलादेशलाई हराउँदै ऐतिहासिक उपाधि जित्ने दाउमा छ । नेपालको पक्षमा समर्थन गर्न ११ हजार दर्शकले टिकट काटेका छन् । नेपाली राष्ट्रिय झण्डासहित नेपाली दर्शक नेपाली टोलीको समर्थकमा छन् ।
खेल हेर्न प्रधानमन्त्री केपी शर्मा ओली समेत रंगशालामा उपस्थित भएका छन् ।
ओलीले बंगलादेश र नेपालबीचको फाइनल खेलको अवलोकन गर्नुका साथै पुरस्कार वितरण गर्ने कार्यक्रम छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘के घर के डेरा : घर नं २’ सिक्वेल होइन - निर्देशक दीपेन्द्र
-
भुकुटीमण्डपमा नेपाल दन्त सामग्री र नेपाल अप्टीकल एक्स्पो सम्मेलन सुरू (तस्बिरहरु)
-
संघीय निजामती विधेयकको प्रतिवेदनमाथि छलफल सुरु
-
शिक्षा ऐन जारी गराउन क्रान्तिकारीद्वारा संघर्षको कार्यक्रम घोषणा
-
राष्ट्रिय स्केटबोर्ड च्याम्पियनसिप सुरु
-
शिक्षकको मागप्रति सरकार गैरजिम्मेवार बन्दै गएको छ : पुष्पराज कुँवर (भिडियो कुराकानी)