सुपारी निर्यात गर्नुपर्नेमा राष्ट्रिय सभा सदस्यहरूको जोड
काठमाडौँ । राष्ट्रिय सभा सदस्यहरूले नेपालमा उत्पादित सुपारी निर्यात गर्नुपर्ने भन्दै त्यसका निम्ति व्यवस्था मिलाउन सरकारको ध्यानाकर्षण गराएका छन् । बुधबार राष्ट्रिय सभा अन्तर्गतको विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठकमा सुपारीको उत्पादन र निकासीमा भएका समस्याका सम्बन्धमा छलफल गर्दै राष्ट्रिय सभा सदस्यहरूले सुपारी निर्यातमा जोड दिएका हुन् ।
उनीहरुले नेपालमा उत्पादित सुपारी छिमेकी मुलुक भारतमा निर्यात हुन नसक्दा अवैध रूपमा निर्यात भइरहेको बताए । अवैध रूपमा भन्सार बाहिरबाट निर्यात हुँदा किसानलाई मर्का परिरहेको र राजश्व समेत गुमिरहेको भन्दै सरकारको ध्यानाकर्षण गराएका छन् ।
बैठकमा बोल्दै राष्ट्रिय सभा सदस्य शारदादेवी भट्टले सुपारी खेतीले किसानको आर्थिक अवस्था उकास्ने भन्दै यसको निर्यात खोल्नुपर्ने बताइन् । उनले यसका लागि समितिको तर्फबाट नीतिगत रूपमा गर्नुपर्ने काममा आफूहरू तत्पर रहेको बताइन् ।
राष्ट्रिय सभा सदस्य विष्णुबहादुर विश्वकर्माले सुपारीको सहज ढङ्गले निर्यात गर्नुपर्ने बताए । उनले किसानलाई बाधा पुर्याउनु नहुने भन्दै निकास दिनुपर्नेमा जोड दिए ।
राष्ट्रिय सभा सदस्य झक्कुप्रसाद सुवेदीले सुपारी निर्यातको सम्बन्धमा गम्भीरतापूर्वक अध्ययन गर्नुपर्ने बताए । उनले यसको विषयमा सरकारका विभिन्न सरोकारवाला मन्त्रालयहरूसँग र विज्ञहरूसँग छलफल गरेर मात्रै निष्कर्षमा पुग्नुपर्ने बताए ।
राष्ट्रिय सभा सदस्य अञ्जान शाक्यले सुपारीको उत्पादन बढाउनुपर्ने र सही ढङ्गले निर्यात गर्नुपर्ने बताइन् । उनले सुपारी खेतीलाई उद्योगको रूपमा विकास गर्नसके राष्ट्रकै सफलता हुने धारणा राखिन् । उनले सुपारी खेतीदेखि निर्यातसम्मको प्रक्रियामा हुने समस्या समाधानका लागि सरकारले ध्यान दिनुपर्ने बताइन् ।
त्यस्तै बैठकमा बोल्दै राष्ट्रिय सभा सदस्य तुलप्रसाद विश्वकर्माले सुपारीमा बिचौलियाले चलखेल गरिरहेका कारण किसानहरु समस्यामा परेका बताए । उनले बिचौलियाले सुपारीको कारोबार भन्सार बाहिरबाट गरिरहेका कारण राज्यको राजश्व समेत गुमेको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
खुर्कोटबाट प्रहरीको घेरा तोडेर भागेका नाइजेरियन नागरिक पक्राउ
-
चीनमा भएको सवारी दुर्घटनामा पाँच जनाको मृत्यु
-
अखिल क्रान्तिकारीमा पुरानो गुट भत्कियो, नयाँलाई स्थापित गराउन नेताहरूको दौडधुप
-
अध्यादेशको प्रतिरक्षा गर्न एमाले सांसदहरूलाई प्रशिक्षण
-
कांग्रेसको प्रदेश समन्वय विभागमा १० सदस्य मनोनीत
-
मध्यपहाडी लोकमार्गले सुगम बन्दै तेह्रथुम