कांग्रेसद्वारा महामन्त्री शर्माको संयोजकत्वमा स्थानीय तह उपनिर्वाचन संयोजन समिति गठन
काठमाडौँ । सत्तारूढ दल नेपाली कांग्रेसले स्थानीय तह उपनिर्वाचन- २०८१ केन्द्रीय संयोजन समिति” गठन गरेको छ । पार्टी मुख्य सचिव कृष्णप्रसाद पौडेलले बुधवार विज्ञप्ति जारी गर्दै पार्टी महामन्त्री विश्वप्रकाश शर्माको नेतृत्वमा सभापति शेरबहादुर देउवाले समिति गठन गरेको जानकारी दिए ।
‘नेपाली कांग्रेसका सभापति श्री शेरबहादुर देउवाले नेपाली कांग्रेसको विधान, २०१७ (संशोधन सहित) बमोजिम पार्टीका महामन्त्री श्री विश्वप्रकाश शर्माको संयोजकत्वमा देहाय बमोजिम सदस्यहरू रहनुभएको “स्थानीय तह उपनिर्वाचन—२०८१ केन्द्रीय संयोजन समिति” गठन गर्नुभएको छ‚’ विज्ञप्तिमा लेखिएको छ ।
यी हुन् समिति सदस्यहरू
सदस्य — सहमहामन्त्री श्री महालक्ष्मी उपाध्याय ‘डिना’
सदस्य — सहमहामन्त्री श्री भिष्मराज आङ्देम्बे
सदस्य — सहमहामन्त्री श्री महेन्द्र यादव
सदस्य — सहमहामन्त्री श्री जीवन परियार
सदस्य — प्रवक्ता डा। प्रकाशशरण महत
सदस्य — केन्द्रीय सदस्य श्री पुष्पा भुसाल
सदस्य — केन्द्रीय सदस्य श्री मीन विश्वकर्मा
सदस्य — केन्द्रीय सदस्य श्री मधु आचार्य
सदस्य सचिव — श्री प्रकाश शर्मा
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भूमि आयोगका पदाधिकारीले लिए भूमि व्यवस्थामन्त्री अधिकारीबाट शपथ
-
वैकुण्ठ अर्यालले सफाइ पाउँदा विकल पौडेल दोषी ठहर
-
निलम्बित मुख्यसचिव डा अर्यालले पाए सफाइ
-
लागु औषधसहित कपिलवस्तुबाट ३ जना पक्राउ
-
कोरला नाका हेर्ने सशस्त्रको बिओपीमा निर्मित ब्यारेक भवन उद्घाटन
-
सुरु भयो नेपाल र बंगलादेशबीचको फाइनल खेल, खचाखच नेपाली समर्थक