लेखापढीको आवरणमा हुने दलाल प्रवृत्तिलाई अन्त्य गर्छु : सीडिओ अर्याल

वीरगन्ज । पर्साका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले सीडिओ कार्यालयमा लेखापढीको आवरणमा हुने दलालीको कार्यलाई अन्त्य गर्ने बताएका छन् । जिल्लाको नेतृत्व सम्हालेको दोस्रो दिन पर्साका पत्रकारहरूसँगको भेटघाट कार्यक्रममा सिडिओ अर्यालले यस्तो बताएका हुन् ।
जिल्ला प्रशासनमा आएर लेखापढीको आवरण दलाली काम गर्ने वातावरणको अन्त्य गर्ने उनको भनाई थियो । उनले भने, ‘जिल्ला प्रशासन कार्यालयभित्रै राहदानी र परिचयपत्र फर्म भर्ने व्यवस्था गरिन्छ, यही परिसरमा फर्म भर्ने काम निःशुल्क हुन्छ । तर दलालीको धन्दालाई प्रोत्साहित गरिँदैन । यो वातावरणको अन्त्य नै हुनेछ ।’
जिम्मेवारी सम्हालेको एक महिनाभित्रमा प्रशासनिक निकायबाट हुने कार्यमा ‘डिजास्टर’ ल्याउने गरी काम गरिने अर्यालले बताए । आफ्नो नेतृत्वको सुरक्षा समितिले नै जिल्लामा सुशासनका क्षेत्रमा प्रभावकारी ढङ्गले काम अठोट लिएको सिडिओ अर्यालको भनाई छ ।
उनका अनुसार यसअघि बसेका जिल्लाहरूमा उत्कृष्ट काम गरेकै कारणले उत्कृष्ट कर्मचारीको सम्मान पाएको हुँ ।
‘यो जिल्लामा हरेक हिसाबले उत्कृष्ट काम गरेर देखाउनेछु,’ उनले भने । जिल्ला प्रशासन कार्यालयमा बुधवार राखिएको भेटघाटमा सिडिओ अर्यालले आफ्नो कार्यकालमा खासगरी तीन वटा काममा सुधार ल्याउने योजना रहेको सुनाए ।
पत्रकारहरूसँगको भेटघाटमा प्रजिअ अर्यालले समाजको विकृतिका कुरा उठान गरेसँगै सकारात्मक कुराहरू पनि उठान गरिदिन आग्रह गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पूर्व राजाको सुरक्षामा खटिएको सशस्त्रको सेट परिवर्तन
-
दुर्गा प्रसाईंको राहदानी ‘ब्ल्याकलिस्ट’मा राखिँदै
-
१० बजे १० समाचार : ज्ञानेन्द्रलाई जरिवाना, राजावादी धमाधम पक्राउ पर्दा कमाण्डर फरार
-
म्यानमारमा गएको भूकम्पमा १५ जना गैरआवासीय नेपालीको मृत्यु
-
आन्दोलनका नाममा हिंसा गर्ने जोसुकैलाई कारबाही हुन्छः मन्त्री गुरुङ
-
तीनकुने घटनापछि प्रहरी हेडक्वार्टरले मगायो उपत्यका बाहिरको फौज