रंगशालाको गेटदेखि मैदानसम्मै सुरक्षाकर्मी परिचालन

काठमाडौँ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने साफ महिला च्याम्पियनसिप फुटबलको फाइनल खेलका लागि पर्याप्त सुरक्षा व्यवस्था मिलाएको प्रहरीले जनाएको छ ।
साँझ १८ः ३० बजे नेपाल र बंगलादेशबीच फाइनल खेल हुँदै छ । उक्त खेल हेर्न प्रधानमन्त्री केपी शर्मा ओलीसमेत रंगशाला जाने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
जिल्ला प्रहरी परिसर काठमाडौँको प्रमुख एसएसपी वसन्त रजौरेका अनुसार खेल हुने स्थान दशरथ रंगशाला र आसपासमा सुरक्षाको राम्रो व्यवस्था गरिएको छ । उनले विभिन्न कोणबाट सुरक्षा विश्लेषण गर्दै सोही अनुसार सुरक्षाकर्मी परिचालन भएको बताए ।
‘हामीले सुरक्षाका विभिन्न कोणबाट विश्लेषण गरेर सुरक्षाकर्मी तैनाथ गरेका छौ’, एसएसपी रजौरेले रातोपाटीसँग भने,‘जिल्ला सुरक्षा समितिसहित अन्य पक्षसँग समेत छलफल र समन्वय गरेर तयारी भएको छ ।’
त्यस्तै उनले रंगशालाको गेट, प्याफिट, खेल मैदान सवैतिर फरक फरक टोली खटाइएको बताए । ‘त्यसबाहेक बम डिष्पोजल टोली, एम्बुलेन्स पनि तयारी अवस्थामा राखेका छौ’, उनले भने, ‘आवश्यकताअनुसार बर्दी र सादा पोसाकका प्रहरीले सुरक्षा प्रदान गर्नेछन् ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
उपप्रधानमन्त्री सिंहले गरे कीर्तिपुरस्थित क्रिकेट स्टेडियमको छड्के अनुगमन
-
मधेस सरकारले सर्वोच्चलाई झुक्याउँदै सांसदलाई बाँड्यो अर्बौं रकम
-
प्यालेस्टाइनमाथि इजरायली आक्रमणको विरोधमा प्रदर्शन
-
सुशासन र आर्थिक विकासका लागि माओवादीलाई मधेशी जनताले साथ दिनुपर्छ – प्रचण्ड
-
रास्वपाले तोक्यो प्रदेश इन्चार्ज, को कहाँ ?
-
सातै प्रदेशका उपसभामुखलाई मुख्यमन्त्री सिंहले गरे स्वागत