वैचारिक स्पष्टतासहित गम्भीर आत्मसमीक्षा गर्न कम्युनिस्ट नेताहरूलाई प्रचण्डको आग्रह

काठमाडौँ । पूर्वप्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले हरेक कम्युनिस्ट पार्टीले गम्भीर समीक्षा गर्नुपर्ने बताएका छन् । नेकपाका संस्थापक सदस्य नरबहादुर कर्मचार्यको जन्म शताब्दी कार्यक्रमको अवसरमा बुधवार कमलादीमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले कम्युनिस्ट आन्दोलनमा लागेपछि आफूले गरेका कामको समीक्षा गर्न आग्रह गरेका हुन् ।
‘कम्युनिस्ट पार्टीभित्र गम्भीर समीक्षा गर्नु आवश्यक छ । एक ठाउँमा बसौँ भनेर आदर्शका कुरा गरेर हुँदैन । द्वन्द्वात्मक भौतिकवादी वस्तुवादी ढङ्गले गम्भीर समीक्षा हुनुपर्छ’, प्रचण्डले भने, ‘मेरो सम्पूर्णमा अपिल छ । कम्युनिस्ट आन्दोलनमा लागेपछि आफूले गरेका राम्रा नराम्रा कामको समीक्षा गरौँ । यस्तै हरेक कम्युनिस्ट पार्टीले देश र जनताप्रति इमानदार भएर समीक्षा गरे आफ्ना कमजोरी पत्ता लगाउन सकिन्छ ।’
उनले कम्युनिस्ट आन्दोलनको वीरताको गाथा गाएर मात्र समाजवादमा पुग्न नसकिने भन्दै त्यसका लागि वैचारिक स्पष्टता चाहिने जिकिर गरे । अहिले पनि धेरै जनमत कम्युनिस्ट पार्टीमै रहेकाले इमानदारिताका साथ अगाडि बढ्नुपर्नेमा प्रचण्डले जोड दिए । कम्युनिस्ट आन्दोलनको प्रमुख समस्या बोलाइ र गराएमा फरक भएको उनले स्पष्ट पारे ।
उनले कर्माचार्यको जन्म शताब्दीको अवसरमा समाजवादी क्रान्तिको आधार तय गर्न वर्षैभरि विचारको बहस चलाउने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
रातोपाटी ब्रिफिङ : पूर्वराजाको स्वागतमा समर्थकको लावालस्करदेखि कुलमानले बुझाए स्पष्टीकरणसम्म
-
विराट गोल्डकप : आर्मीलाई हराउँदै थ्रीस्टार फाइनलमा
-
जनप्रगतिशील मञ्च इजरायल : जोशीको संयोजकत्वमा आयोजक कमिटी गठन
-
जति तपस्या गरेपनि राजतन्त्र फर्किन सम्भव छैन : शर्मा
-
सशस्त्रका ३ जना डीआईजीलाई दर्ज्यानी चिन्ह प्रदान
-
मेचीनगर गोल्डकप : चर्च ब्वाइज सेमिफाइनलमा