बिहीबार, १५ कात्तिक २०८१
ताजा लोकप्रिय

युनिलिभर नेपालका सेयर धनीहरूका लागि अहिलेसम्मकै उच्च लाभांश

बुधबार, १४ कात्तिक २०८१, १६ : १९
बुधबार, १४ कात्तिक २०८१

काठमाडौँ । युनिलिभर नेपाल लिमिटेड (यूएनएल) ले ३१ औँ वार्षिक साधारण सभा सफलतापूर्वक सम्पन्न गरेको छ । 

कम्पनीले आफ्नो इतिहासमा अहिलेसम्मकै उच्च लाभांश १ हजार ७१४ रुपैयाँ प्रति शेयर स्वीकृत गरेको छ । गत वर्षको भुक्तानीको तुलनामा यो ८% वृद्धि हो । 

कार्यक्रममा  युनिलिभर नेपाल लिमिटेडका अध्यक्ष देव बाजपेईले कम्पनीलाई हालको स्थितिमा पुर्‍याउनको लागि सेयर धनीहरूको अटुट सहयोगको लागि धन्यवाद ज्ञापन गरे ।  सभामा विगत चार वर्ष देखि युनिलिभर नेपालको बोर्डलाई नेतृत्व प्रदान गर्दै आएका बाजपेईलाई ऐच्छिक सेवा निवृत्तिको लागि शुभ कामना प्रदान गरिएको थियो । 

कम्पनीका प्रबन्ध निर्देशक तथा प्रमुख कार्यकारी अधिकृत अम्लान मुखर्जी, बोर्ड र सेयर धनीहरूले बाजपेईलाई युनिलिभर नेपाललाई सबल बनाउन पुर्‍याएको योगदानका लागि सम्मान गरेका थिए ।   

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप