आइतबार, ०९ मङ्सिर २०८१
ताजा लोकप्रिय

गौरीशङ्कर गाउँपालिकाको उपाध्यक्षमा एमालेको तर्फबाट उमा मगर उम्मेदवार

बुधबार, १४ कात्तिक २०८१, १६ : ०८
बुधबार, १४ कात्तिक २०८१

दोलखा । नेकपा एमाले गौरीशङ्कर गाउँपालिका कमिटीले आगामी मङ्सिर १६ गते हुने उपनिर्वाचनमा  उमा लुंगेली मगर लाई उपप्रमुख पदको उम्मेदवार बनाउने भएको छ । बुधवार बसेको पालिका कमिटीको बैठकले मगरलाई सर्बसम्मत उम्मेदवार बनाउने निर्णय गरेको हो ।

एमालेले उम्मेदवार छलफल तथा चयनका लागि प्रदेश कमिटी सदस्य उर्मिला थामीको नेतृत्वमा ५ सदस्यीय उम्मेदवार छनोट कार्यदल बनाएको थियो । कार्यदलले विभिन्न चरणमा पार्टीको वडा कमिटी र आकाङ्क्षीहरुसँग वान टु वान तथा सामूहिक छलफल गरेर उम्मेदवारको टुङ्गो लगाएको कार्यदलको संयोजक थामीले बताइन् ।

बैठकमा पोलिटब्युरो सदस्य पार्वत गुरुङले उपनिर्वाचनका लागि उम्मेदवार छनौट प्रक्रिया तल्ला कमिटीबाटै गरिएको बताए । उनले नेताले टपक्क टिपेर उम्मेदवार बनाउने चलन सधैँको लागि अन्त्य गर्दै सम्बन्धित कमिटीले नै उम्मेदवारको छनौट गर्ने अभियान आरम्भ भएको बताए ।

बैठकमा एमाले पोलिटब्युरो सदस्य पार्वत गुरुङ, प्रदेश कमिटी सदस्य तथा प्रदेश सभा सदस्य भरत केसी, प्रदेश कमिटी सदस्य उर्मिला थामी, जिल्ला कमिटी अध्यक्ष नरबहादुर श्रेष्ठ, उपाध्यक्ष राजेन्द्र मानन्धर, सचिव सोयमबहादुर खड्का लगायतका नेताहरूको उपस्थिति थियो ।

को हुन् उम्मेदवार बनेकी उमा ?

उमा मगर शेर्पा गौरीशङ्कर ७ मार्बु निवासी हुन् । सामाजिक क्षेत्रमा सक्रिय शेर्पा एमालेको पारिवारिक पृष्ठभूमिमा हुर्किएकी हुन् । व्यवसायी समेत रहेकी उनले सामाजिक कार्यहरूमा पनि अग्रपङ्क्तिमा रहेर काम गरेकी छन् ।

लायन्स क्लबमा आबद्ध भएर सामाजिक कार्य गरेको अनुभव उनीसँग छ । २०७२ सालको भूकम्प होस् वा अन्य विपत्तिको समयमा, पीडितको घरमा मल्हम लगाउन उनी पुग्छिन् । कोरोना महामारीमा होस् वा बाढी पीडितहरूको सहयोगका लागि उमा सदैव अग्रपङ्क्तिमा रहेर काम गर्छिन् ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप