साफ महिला च्याम्पियनसिप : यस्तो छ पार्किङको व्यवस्थापन
![साफ महिला च्याम्पियनसिप : यस्तो छ पार्किङको व्यवस्थापन](https://npcdn.ratopati.com/media/news/462551365_1793462718129972_8838128787184070955_n_Xz2RNmDIPQ.jpg)
काठमाडौँ । साफ महिला च्याम्पियनसिप फुटबलको फाइनल खेल बुधबार नेपाल र बंगलादेशबिच हुँदैछ । खेल नेपाली समयअनुसार साँझ ६:३० बजे दशरथ रंगशालामा सुरु हुनेछ ।
अखिल नेपाल फुटबल संघ (एन्फा)को आयोजनामा हुने उक्त खेलका लागि विभिन्न स्थानमा सवारी साधनहरूको पार्किङको व्यवस्थापन गरिएको छ । जसअनुसार खेलकुद परिषद्को पार्किङ स्थलमा खेलाडी तथा अफिसियलहरुको सवारी साधन पार्किङ गर्न पाइने छ । यस्तै आँखा अस्पतालको पार्किङमा दुईपाङ्ग्रे सवारी साधन र आर्मी हेडक्वाटर अगाडिको पार्किङमा दुईपाङ्ग्रे सवारी साधन पार्किङ गर्न पाइने एन्फाले जनाएको छ ।
यस्तै त्रिपुरेश्वरस्थित विश्व निकेतन स्कुल पछाडिको करिडोर र कुपण्डोलको करिडोर एरियामा दुई पाङ्ग्रे तथा चार पाङ्ग्रे सवारी साधन पार्किङ गर्न मिल्ने छ ।
काठमाडौँ भ्युटावर पुरानो बसपार्कमा दुई पाङ्ग्रे तथा चार पाङ्ग्रे साना सवारी साधन र धरहराको पार्किङ स्थलमा दुई पाङ्ग्रे सवारी साधन पार्किङ गर्न पाइने एन्फाले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जग्गा भोगाधिकारमा अड्किँदा चार वर्षदेखि कृषि उपज केन्द्र अलपत्र
-
सर्लाहीको रामटोलमा आगलागी, ५ चौपाया मरे
-
बन्ध्याकरण गर्नेमा पुरुषभन्दा महिला धेरै
-
सेवाग्राही विदेशिएपछि पन्ध्र हजार परिचयपत्र थन्कियो
-
आज तीन संसदीय समितिको बैठक बस्दै, यस्ता छन् कार्यसूची
-
नेसपा (नयाँशक्ति)को उपाध्यक्षमा दुर्गा र मानुषी निर्विरोध