आज फुटबल हेर्न रंगशाला जाँदै हुनुहुन्छ ? लिपिस्टिकदेखि छातासम्म लैजान नपाइने
बुधबार, १४ कात्तिक २०८१, १५ : ३३

काठमाडौँ । बुधबार साँझ हुने तय भएको साफ महिला च्याम्पियनसिपको फाइनल खेल हेर्न जाने दर्शकलाई दशरथ रंगशालामा कडाइ गरिएको छ । अखिल नेपाल फुटबल संघ(एन्फा)ले रंगशालाभित्र बर्जित गरिएका वस्तुहरूको सूची सार्वजनिक गरेको छ ।
नेपाल र बंगलादेशबिच हुने फाइनल खेल हेर्न जाँदा बन्दुक, छुरा तथा अन्य कुनै पनि धारिलो हातहतियार वा औजार लैजान पाइने छैन ।
यस्तै चुरोट, लाइटर, सलाई, नशालु पदार्थ, ठुलो झोला, हेल्मेट, बिना अनुमतिका ब्यानर, झन्डा, पोस्टर, पानीका बोतल, लेजर लाइट, छाता, लिपिस्टिक, नेलकटर, कैँची जस्ता वस्तुहरू लैजान नपाइने एन्फाले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपाल शिक्षक महासङ्घ वार्तामा बस्ने नै भएपछि पारदर्शी ढङ्गले जानु राम्रो हुन्छ : शंकर पोखरेल
-
केयू रनिङ शिल्ड २०८२ : काठमाडौँ विश्वविद्यालय स्कुल अफ मेडिकल साइन्सले उचाल्यो ट्रफि
-
नेपालमा रोजगारी नपाएका कुँवर मल्टी नेशनल कम्पनीमा साइबर विज्ञ
-
१० बजे १० समाचार : सरकारबारे गठबन्धनभित्र आशंका, के भन्छन् प्रधानमन्त्री ओली ?
-
२ सय ८ जना प्रहरी नायव निरीक्षकमा बढुवा
-
राष्ट्रिय क्रिकेट टोलीका मुख्य प्रशिक्षक स्टुअर्ट ल नेपाल आइपुगे