प्रचण्डलाई वलीको सुझाव– नढाँटीकन माओवादी आन्दोलनबारे किताब लेख्नोस्

काठमाडौँ । क्रान्तिकारी कम्युनिस्ट पार्टीका प्रवक्ता हेमन्तप्रकाश वलीले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई माओवादी आन्दोलनको कमजोरीलाई केलाएर किताब लेख्न सुझाव दिएका छन् । नेकपाका संस्थापक सदस्य नरबहादुर कर्माचार्यको जन्मशताब्दी कार्यक्रमको अवसरमा बुधबार कमलादीमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले प्रचण्डलाई किताब लेख्न सुझाव दिएका हुन् ।
प्रचण्डले ऐतिहासिक जनयुद्धको नेतृत्व गरेकोमा धन्यवाद दिँदै उनले अहिले प्रचण्ड पुरानै ठाउँमा फर्किएकोमा असन्तुष्ट पोखे ।
‘प्रचण्डले ऐतिहासिक जनयुद्धको नेतृत्व गर्नुभयो, त्यसका लागि धेरै धन्यवाद छ । अहिले उहाँ फेरि फर्किर पहिलेकै ठाउँमा पुग्नुभयो । त्यसमाबारे गम्भीर समीक्षा गर्नुपर्छ’, उनले भने, ‘निष्पक्ष छानबिन गरौँ । अब नढाँटीकन एउटा किताब लेख्नोस् । तपाईँ के चिजले प्रभावित गर्यो ? कहाँ बिग्रियौँ ? यसमा राम्रो समीक्षा गरौँ । त्यसै एकताको कुरा गरेर हुँदैन । बाहिर चुनावी राजनीति गरेर हुँदै ।’
माओवादी अहिले वैज्ञानिक समाजवादमा जान डराइराखेकोले सम्पूर्ण माओवादी घटक एक हुन नसकेको उनले स्पष्ट पारे । दलाल पुँजीवादको पछि लागेर समाजवाद नआउने भन्दै वलीले यसमा गम्भीर समीक्षा नभएसम्म पार्टी एकता हुन नसक्ने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अन्तिम समयमा धनगढी स्तब्ध, पोखरा फाइनलमा
-
विद्याको कुर्सीमा रघुजी, शिक्षकका समस्या सम्बोधन गर्न चुनौती
-
रघुजीलाई बधाई दिँदै शंकरले भने - उहाँ आशा जगाउन सक्ने राजनीतिज्ञ हो, शिक्षालाई सुधारको दिशामा अघि बढाउन सफलता मिलोस्
-
ढुङ्गा झिक्ने क्रममा एक्स्काभेटर पुरिँदा बेपत्ता चालक मृत फेला
-
शिक्षकपछि डाक्टरहरुले पनि थाले आन्दोलन, १२ गतेदेखि स्वास्थ्यसेवा ठप्प पार्ने घोषणा
-
लुम्बिनीमा विश्व सम्पदा सम्मेलन सुरु