साफ महिला च्याम्पियनसिप : यस्तो छ पार्किङको व्यवस्थापन

काठमाडौँ । साफ महिला च्याम्पियनसिप फुटबलको फाइनल खेल बुधबार नेपाल र बंगलादेशबिच हुँदैछ । खेल नेपाली समयअनुसार साँझ १८ः ३० बजे दशरथ रंगशालामा सुरु हुनेछ ।
अखिल नेपाल फुटबल संघ (एन्फा)को आयोजनामा हुने उक्त खेलका लागि विभिन्न स्थानमा सवारी साधनहरूको पार्किङको व्यवस्थापन गरिएको छ । जसअनुसार खेलकुद परिषद्को पार्किङ स्थलमा खेलाडी तथा अफिसियलहरुको सवारी साधन पार्किङ गर्न पाइने छ । यस्तै आँखा अस्पतालको पार्किङमा दुईपाङ्ग्रे सवारी साधन र आर्मी हेडक्वाटर अगाडिको पार्किङमा दुईपाङ्ग्रे सवारी साधन पार्किङ गर्न पाइने एन्फाले जनाएको छ ।
यस्तै त्रिपुरेश्वरस्थित विश्व निकेतन स्कुल पछाडिको करिडोर र कुपण्डोलको करिडोर एरियामा दुई पाङ्ग्रे तथा चार पाङ्ग्रे सवारी साधन पार्किङ गर्न मिल्ने छ ।
काठमाडौँ भ्युटावर पुरानो बसपार्कमा दुई पाङ्ग्रे तथा चार पाङ्ग्रे साना सवारी साधन र धरहराको पार्किङ स्थलमा दुई पाङ्ग्रे सवारी साधन पार्किङ गर्न पाइने एन्फाले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रवीन्द्र मिश्र र धवल शमशेरको रिहाइको लागि राजनैतिक र कानुनी लडाई जारी राख्ने राप्रपाको निर्णय
-
मन्त्रालय बाँडफाँड गरेर शासन चलाउन एमालेसँग सहकार्य गरेका होइनौँ : एनपी साउँद
-
सैलुनमा एसी र इन्भर्टर जोड्न दिने तोकादेश तथ्यहीन र अतिरञ्जित – उपमहानगरपालिका
-
दाउन्नेमा मन्त्री दाहालको निरीक्षण, मनसुन अगावै सक्न निर्देशन
-
उपप्रधानमन्त्री सिंहले गरे कीर्तिपुरस्थित क्रिकेट स्टेडियमको छड्के अनुगमन
-
मधेस सरकारले सर्वोच्चलाई झुक्याउँदै सांसदलाई बाँड्यो अर्बौं रकम