नेपाली समाजलाई फेक न्युजबाट बचाऔँ : उपप्रधानमन्त्री सिंह

काठमाडौँ । उपप्रधानमन्त्री एवं सहरी विकास मन्त्री प्रकाशमान सिंहले नेपाली समाजलाई फेक न्युजबाट जोगाउन आग्रह गरेका छन् । नेपाल टेलिभिजन कर्मचारी सङ्घको आयोजनामा दीपावली, नेपाल संवत् र छठको अवसरमा आयोजित शुभकामना आदान प्रदान कार्यक्रममा बोल्दै उनले फेक न्युजलाई रोक्न जिम्मेवार सञ्चारमाध्यमहरूले भूमिका खेल्नुपर्ने बताएका हुन् ।
‘आफ्नो पेसाबाट तपाईंहरुले नेपालका समाजलाई फेक न्युजबाट होइन की सत्य समाचारबाट सूचित गर्नुस् । फेक न्युजबाट नेपाली समाजलाई जोगाउन भूमिका खेल्नुस्’, उनले भने ।
त्यस्तै, अहिले व्यवस्था बदलियो अवस्था उस्तै छ भनेर गलत भाष्य स्थापित गर्ने प्रयास भइरहेको भन्दै व्यवस्था परिवर्तनसँगै अवस्था पनि परिवर्तन भएको उनको भनाई थियो । ‘पहिला एउटा टेलिभिजन थियो, अहिले कति वटा छ ? पहिला एउटा एयरलाइन्स थियो, अहिले कति छ ? बैङ्कहरू पहिले कति थियो अहिले कति छ ? पहिला इन्जिनियरिङ कलेज एउटा थियो, अहिले कतिवटा भइसक्यो ?’ उनले भने,‘ कोही आएर केही भनिदिए हुने ? कमन सेन्स प्रयोग गर्न नपर्ने ?’
उपप्रधानमन्त्री सिंहले लोकतन्त्रमा सबैले अधिकारको कुरा गर्न पाउने तर त्यो सँगै जिम्मेवारी पनि बिर्सन नहुनेतर्फ पनि ध्यान दिनुपर्नेमा जोड दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बार निर्वाचन : दोस्रो दिनको मतगणना सुरु, ६ वटा केन्द्रको गनिँदै
-
नेपाल आँखा अस्पतालमा बिरामीको प्रतिक्षाको समय एक घण्टामा सीमित
-
टी–२० क्रिकेटमा १३ हजार रन बनाउने पहिलो भारतीय खेलाडी बने विराट कोहली
-
राप्रपाको प्रदर्शन : तीनकुनेको कमजोरी सुधार्दै प्रहरी, आवश्यक परे सिलसिलेवार बल प्रयोग गर्ने रणनीति
-
बालेन शाहद्वारा तीनकुने घटनाका पीडित परिवारलाई भेट, निष्पक्ष छानबिनको माग
-
वायु प्रदूषणका कारण उडानहरू प्रभावित