बिहीबार, १५ कात्तिक २०८१
ताजा लोकप्रिय

फ्यानको हत्याको आरोप लागेका यी फिल्म स्टारले पाए जमानत

बुधबार, १४ कात्तिक २०८१, १२ : ५०
बुधबार, १४ कात्तिक २०८१

नयाँदिल्ली । आफ्नै महिला फ्यानको हत्याको षडयन्त्र रचेको आरोपमा जेलमा रहेका कन्नड फिल्म स्टार दर्शन थुगुदीपाले जमानत पाएका छन् । दर्शनलाई कर्नाटक उच्च अदालतले ६ हप्ताको अन्तरिम जमानत दिएको हो । 

जुनमा उनलाई कर्नाटक प्रहरीले अन्य आरोपीको साथमा हत्याको मामिलामा पक्राउ गरेको थियो । अभिनेतालाई पहिला बैंगलुरु जेलमा राखिएको थियो । पछि जेलमा भीआईपी ट्रिटमेन्ट पाएको आरोपछि उनलाई बल्लारी जेलमा सारिएको थियो ।

के कारणले गर्दा पाए जमानत ?

दर्शनले स्पाइन सर्जरीका लागि उच्च कर्नाटक उच्च अदालतमा जमानतको लागि याचिका बुझाएका थिए । अदालतले प्रशासनलाई स मामिलामा मेडिकल जाँचको रिपोर्ट बुझाउन भनेको थियो । रिपोर्टमा दर्शनलाई ढाडको समस्या भएको र सोको लागि फिजियोथेपारी वा शल्यक्रिया गर्नुपर्न सक्ने बताइएको थियो । 

यसपछि मेडिकल आधारमा अदालतले अभिनेतालाई ६ हप्ताको अन्तरिम जमानत दिएको हो । अभिनेताले ट्रायल कोर्टमा आफूलाई जमानत नदिने निर्णयलाई चुनौती दिएका छन् । उच्च अदालतमा नियमित जमानतका लागि उनले बुझाएको याचिकामा पनि निर्णय हुन बाँकी छ । यसमा छिटै फैसला हुनसक्ने बताइएको छ ।

किन जेलमा पुगे दर्शन ?

३३ वर्षीया अटो चालक रेणुका स्वामीको जून ९ मा अपहरण भएको थियो । यातनापछि उनको हत्या गरिएको थियो । उनको अपहरण, यातना र हत्या कन्नड फिल्म स्टार दर्शनको आदेशमा भएको बताइएको छ ।  रेणुकाले दर्शनको पार्टनर भनिएकी कन्नड अभिनेत्री पवित्रा गौडालाई भद्दा म्यासेज पठाएको खुलासा भएको छ । रेणुकाको मारपिटमा दर्शन आफैं संलग्न रहेको प्रहरीको छानबिनको क्रममा खुलासा भएको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप